भारतीय पर्यटकबाट नेपाल अ’सुरक्षित, को’रोना जाँच बिनै दैनिक १५ सय भारतीय पशुपति क्षेत्रमा

काठमाडौं,पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने भारतीय पर्यटकबाट नेपाल अ’सुरक्षित देखिएको छ । धार्मीक आस्थाका कारण दर्शन गर्न आउने भएका कारण ‘न आऊ’ भन्न नसकिने भन्दै पशुपति क्षेत्र विकास कोषले नि’र्वाध रुपमा दर्शनार्थीका लागि मन्दिर प्रवेश दिईरहेको छ । भारतमा को’रोना भाइरस संक्रमित बढिरहेका छन् । हालसम्म १७१ जना भारतीयमा को’रोनाको संक्रमण पुष्टि भएकोमा ३ जनाको मृ’त्युसमेत भईसकेको छ । यसले गर्दा भारतबाट जनकपुर र पशुपति आउने तिर्थालुबाट नेपाल को’रोनाको उच्च जो’खिममा रहेको सरोकारवालाको बुझाई छ ।

पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने भारतीय तिर्थालु नेपालीको तुलनामा बढिरहेका छन् । तर विगत वर्षहरुको तुलनामा भने घ’टेका छन् । अहिले स्थलमार्गबाट मात्रै नभई हवाई मार्गबाट समेत भारतीय पर्यटकहरु नेपाल आईरहेका छन् । भारतमा को’रोनाको जो’मिख बढेकाले को’रोना छल्न भन्दै हुलका हुल भारतीयहरु नेपाल भित्रिरहेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिने भारतीयको संख्या हाल दैनिक १५० भन्दा बढी छ । पशुपति क्षेत्र विकास कोषले भारतीय तिर्थालुहरु नबढेपनि तुलनात्मक रुपमा आगमन श’न्तोषजनक नै रहेको बताएको छ ।

कोषका सूचनाअधिकारी प्रेमहरि ढुंगाना यकिन तथ्यांक नभएपनि भारतीय तिर्थालुहरु सरदर दैनिक १५ सयको हा’राहारीमा आउने गरेको बताउँछन् ।‘बास बस्ने संख्या, भिडभाड हेर्दा भारतीय तिर्थालुहरु घ’टेका छन्’ उनले भने । महाशीवरात्री पछि र रामनवमीको अघि नेपाल आउने भारतीय पर्टक बढ्छन् । सूचनाअधिकारी ढुंगा पशुपति क्षत्र विकास कोषले आफ्नो छुट्टै तयारी गर्ने भन्दापनि राज्यकै तयारीमा समाहित भएको बताउँछन् । राज्यले गरेका तयारीमा नै समाहित रहेको भन्दै उनले मन्दिर परिसरमा हात धुने व्यवस्था र निशुल्क स्यानिटाइजरको प्रवन्ध गरिएको बताए ।