बेलायतमा चितवन घर भएका प्रशान्त अर्यालको ज्यान गयो

लण्डन, बेलायतमा एक नेपालीको मृ’त्यु भएको छ । चितवन बसैनी घर भई २३ वर्षदेखि दक्षिण पूर्वी लण्डनको प्लमस्टिडमा बस्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको नि’धन भएको चितवन एड ट्रष्ट युकेका अध्यक्ष जीवन सेनले जानकारी दिए ।बेलायतबाट सञ्चालित नेपाली अनलाइन पत्रिका वी नेपालीका अनुसार घरमै अस्वस्थ भएका अर्याललाई शनिबार ए’म्बुलेन्सबाट लण्डनको उलीचस्थित क्वीन एलिजावेथ अस्पताल लगिएको थियो ।उपचारकै क्रममा आइतबार राती चिकित्सकले अर्याललाई मृ’त घो’षित गरेका थिए ।

उनको मृ’त्युको कारण खुल्न सकेको छैन । पो’स्टमार्टम रि’पोर्ट आउन ७२ घण्टा लाग्ने बताइएको छ ।अस्पतालले आफन्तलाई श’व नजिक जान समेत नदिएको चितवन एड ट्रष्ट युकेका अध्यक्ष सेनले बताए। अर्याल श्रीमती र एक सन्तानका साथ लण्डनमा बस्दै आएका थिए ।