चीनको वुहानमा दुई महिनादेखि लगाइएको ‘लकडाउन’ आज देखि खुलाइँदै

११ चैत्र २०७६, मंगलवार बेइजिङ : चीनको वुहानमा कोरोना भाइरस रोकथामका लागि लगाइएको ‘लकडाउन’ ६१ दिनपछि खुलाइने भएको छ ।चीनको हुवेइ प्रान्तको वुहान सहर गत जनवरी २३ मा लकडाउन भएको थियो । आज मार्च २४ मा चिनियाँ अधिकारीहरुले लकडाउन खुलाउने भएका हुन् । हुबेइको प्रान्तीय सरकारले यही मंगलबार लकडाउन खुलाउने घो’षणा गरेको हो । आगामी अप्रिल ८ देखि सहरको दैनिकी नियमित बन्नेछ ।पछिल्लो समय वुहानमा कोरोना भाइरसका कारण मृ’त्युका घ’टना रो’किएका थिए ।

तर सोमबार एकजना संक्रमित भेटिएका छन् । कोरोना भा’इरस पहिलो पटक चीनको वुहान सहरमै भेटिएको थियो । जुन हालसम्म संसारका १ सय ८९ देशमा म’हामारीको रुपमा फैलिसकेको छ । १६ हजारको मृ’त्यु हुनुका साथै ३ लाख ८१ हजार सं’क्रमित छन् ।