दिल्लीमा कार्यरत ४ लाख मजदूरलाई जनही ५००० दिने केजरीवालकाे घाेषणा

एजेन्सी, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले त्यहाँ निर्माण कार्यमा संलग्न सबै कामदारलाई प्रतिव्यक्ति ५००० भारू दिने बताएका छन् ।हिन्दुस्तान टाइम्सका अनुसार कोरोना भाइरसको महामारीका कारण यस समयमा निर्माण कार्य रोकिएका छन् । मजदुरहरूको जीविका चलाउन सहज होस् भनेर ती सबै कामदारलाई पाँच हजार भारू दिइने केजरीवालले बताएका छन् । सबै दैनिक ज्यालादारी मजदुरहरूलाई काम गर्न नपाउँदा निकै गाह्रो हुने अवस्था आउन नदिन उनले सो घोषण गरेका हुन् ।सोमबारदेखि दिल्लीमा लकडाउन छ, त्यहाँ कर्फ्यूको जस्तै अवस्था आएको छ ।

भारतभरि नै लकडाउन र प्रतिबन्धहरू बढाइएका छन् ।मुख्यमन्त्री केजरीवालले भनेका छन्, ‘म बुझ्न सक्छु कि तपाईहरूले धेरै कष्ट भोग्नुपर्नेछ । हामी तपाईंको पीडा पूर्ण रूपमा हटाउन सक्दैनौं, तर हामी तपाईंका समस्याहरू कम गर्न सक्दो कोसिस गर्दैछौं ।यो तपाई सबैको जीवन बचाउन धेरै महत्वपूर्ण छ । यसैले लकडाउनजस्तो यति धेरै कडा कदम चालिएको हो ।’उनले थप भनेका छन्, ‘म धेरै खुसी छु कि धेरै व्यक्तिहरु आज एक-अर्कालाई सहयोग गर्दै छन् । यो हाम्रो भारतको सबैभन्दा ठूलो शक्ति हो ।’केजरीवालले ट्वीटरमार्फत पनि सो घोषणा गरेका छन् ।

ट्वीट गर्दै उनले भनेका छन्, ‘यो कठिन समयमा जब सम्पूर्ण शहर र देश लकडाउनमा छ, हामीले निर्णय गरेका छौं कि हामी दिल्लीका निर्माण कार्यमा रहेका प्रत्येक श्रमिकलाई भारु ५,००० दिने छौं । ताकि उनीहरूलाई आफ्नो दैनिक गुजारा गर्न सहज होस् ।’दिल्लीमा भवन र अन्य निर्माण श्रमिक बोर्ड अन्तर्गत दर्ता भएका मजदुरहरुलाई पाँच हजार रुपैयाँ क्षतिपूर्ति दिइने भएको हो । दिल्ली सरकारका एक वरिष्ठ अधिकारीले भनेका छन्, ‘दिल्ली बीओसीडब्ल्यू अन्तर्गत करिब ४ लाख मजदूर दर्ता भएका छन् । सो रकम सीधै उननीहरूको खातामा हालिदिने बताइएको छ ।