Breaking: रसियामा गयो ७ दशमलब ५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

१२ चैत्र २०७६, बुधबार काठमान्डौ , रसियामा ७ दशमलब ५ म्याग्नीच्यूडको भूकम्प गएको छ। रुसी भौगर्भिक सेवाका अनुसार भूकम्प मंगलबार बिहान १ बजेर ४९ मिनेटमा गएकाे हाे। भूकम्पकाे केन्द्रबिन्दु रूसको कुरील टापुको सेभेरोको २१ किलोमिटर दक्षिणपूर्व रहेको संयुक्त राज्य भूगर्भीय सर्वेक्षण (युएसजीएस) ले जनाएकाे छ। प्रारम्भिक विवरण अनुसार भूकम्पबाट जनधनको नोक्सान भएको कुनै समाचार प्राप्त भएको छैन। रसिया टुडेले दिउँसोको समयमा सुदूर पूर्वी कुरिल टापुनजिकै भूकम्प गएको जनाएको छ।

यो क्षेत्र भूकम्पीय जोखिमका हिसाबले पनि अत्यन्तै जोखिममा रहेको मानिन्छ। प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेतावनी जारी गरेका छन्। सुनामीले अमेरिकाको हवाई, जापान लगायतका क्षेत्रमा असर पुग्न सक्ने बताइएको छ।