कोरोना कहर: चार महिनाको बच्चासहित आमालाई घरबाट निकालियो

बीबीसी– कोरोना भाइरसको संक्रमणका काराण विश्व नै त्रासमा छ। यसलाई रोक्नका लागि सम्बन्धित देशका सरकारहरुले प्रयास गरिरहेका छन्। सामाजिक दूरी बनाएर सुरक्षित हुन भनिएको छ। भारतमा यही डरको समयमा एक महिला चार महिनाको बच्चासहित अपार्टमेन्टबाट निकालिएकी छन्। भारतको सुरतस्थित ओलपाडी स्ट्रीटस्थित अमर प्यालेस अपार्टमेन्टमा बस्दै आएकी एक शिक्षक राधिका गमित निकालिएकी हुन्। उनी भर्खरमात्र यो अपार्टमेन्टमा सरेकी थिइन्। चार महिनाको बच्चासँगै उनका पति पनि साथमै थिए ।

‘पटक पटक अनुरोध गर्दा पनि सुनिएन ,प्रहरीलाई अनुरोध गर्दा पनि कसैले हाम्रो कुरा सुनेन ’ उनले भनिन् ‘हामी कसैलाई पनि संक्रमण थिएन , फ्ल्याटबाट निस्केर हामी एक स्कुलमा रात बिताउन वाध्य भयौं।’ अनिवार्य बिदाका कारण फर्केकी थिइन् ।देशभर फैलिएको कोरोना भाइरसको त्रासपछि उनको विद्यालय बिदा भएको थियो। उनी भर्खरकी सुत्केरी भएकाले पनि उनी अनिवार्य बिदामा घर फर्केकी थिइन्। कोरोना त्रासका कारण मानिसहरुले एक अर्कामाथि अमानवीय व्यवहार पनि देखाइरहेका छन् । बिस्तारै यसले सामाजिक कलंकको रुप पनि लिइरहेको छ।

भारतमा चिकित्सदेखि कोरोना भाइरसका बिरामीमाथि दूव्र्यवहार हुन थालेको छ। गुजरातमा बस्दै आएकी राधिका सुरतको उमरास्थित एक सरकारी स्कुलमा पढाउथिन्। उनी ६ महिनाको अनिवार्य सुत्केरी बिदामा घरमा आएकी थिइन्। उनका पति पनि शिक्षक हुन् ।३० मार्चमा राधिकाको छुट्टी सकिएको थियो र उनी पुनः विद्यालय गएकी थिइन्। २२ तारिखदेखि देशभर लकडाउन घोषणा भएको थियो । विद्यालयमा पढाइ भइरहेको थिएन। शिक्षकहरुलाई अतिआवश्यक वस्तुहरुको वितरणका लागि खटाइएको थियो । उनलाई पनि व्यवस्थापनको जिम्मेवारी दिइएको थियो ।यो लकडाउनका समयमा उनलाई टाढा जान असम्भव थियो ।

बच्चा हुनुअघि उनी हरेक दिन सुरतबाट आउने गर्थित्। अमर प्यालेसमा एक फ्ल्याट खाली थियो। उनले उक्त फ्ल्याट १५ दिनका लागि लिएर भाडा पनि तिरेकी थिइन् । यो उनको विद्यालयबाट पाँच मिनेटको दुरीमा रहेको थियो। उनी ३१ मार्चमा उक्त फ्लाटमा पुगिन् ।उनी विद्यालयबाट फर्कदा स्थानीयले उनलाई बस्न नदिने भन्दै विरोध जनाए। उनी यो गुनासो लिएर प्रहरी कार्यालयसमेत पुगिन् । प्रहरीले अपार्टमेन्टका अध्यक्षलाई फोन गरेर नरोक्न भन्यो। प्रहरीले भने पनि अपार्टमेन्टले छिर्न दिएन। उनीहरुले नयाँ व्यक्ति बस्न नदिने भन्दै भित्रै छिर्न दिएनन् ।