अमेरिकन आइडलको टप २० मा छानिए दिवेश पोखरेल (भिडियोसहित)

काठमाडौं, विश्वकै चर्चित रियालिटी शो अमेरिकन आइडलको टप २० मा नेपाली मुलका युवा दिवेश पोखरेल पुगेका छन् ।आइतबार साँझ एबिसी टेलिभिजनमा प्रसारण गरिएको उनको प्रस्तुतिपछि उनी यो तहमा पुगेका हुन्। अडिशनको सुरुरवाती चरणबाटै उत्कृष्ट प्रस्तुति दिँदै आएका दिवेशले करोडौं दर्शकका साथै आफ्ना जजहरुको मन जित्दै आइडलको उत्कृष्ट २० मा पर्दा अत्यान्तै खुखि भएको प्रतिकृया दिएका छन् ।आफू टप २० मा परेको घो’षणा हुँदै गर्दा प्रस्तुती हेर्न पुगेका आफ्नो परिवारसँग अङ्गालोमा बाँ’धिएका थिए ।

अमेरिकन आइडलले शनिबार टप २० को नाम सार्वजनिक गरेको थियो ।उनले हवाई राज्यमा भएको २० जना छान्ने प्र’तिस्पर्धामा बब मार्ली एन्ड द वेलर्सको ‘इज दिस लभ’ गीत गाएका थिए। प्रस्तुतिमा जानुअघि उनले धेरै मान्छे सामुन्ने आफूले नगाएकाले ड’र लागेको बताएका थिए। दिवेशले आ’र्थर ग’नको नामबाट अमेरिकन आइडलमा प्रतिष्पर्धा गरिरहेका छन्। भिडियाे यहाँ छ