गण्डकी प्रदेशमा १ सय ८० जनाको नमुना संकलन, २ पोजेटिभ १३० नेगेटिभव !

२६ चैत्र २०७६, बुधबार पर्वत , विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को आशंकमा गण्डकी प्रदेशमा अहिले सम्म १ सय ८० जनाको नमुना संकलन गरिएकोमा १ सय ३० जनाको नेगेटिभ २ जनाको पोजेटिभ र ४८ जनाको नतिजा आउन वाँकी रहेको छ ।कास्कीमा ८४ जनाको नमुना संकलन गरिएकोमा ६६ जनाको नेगेटिभ आएको छ भने १८ जनाको नतिजा आउन वाँकी रहेको छ । पर्वतमा ३२ जनामा २३ जनाको नेगेटिभ आएको छ भने फलेवासका ९ जनाको रिपोर्ट आउन वाँकी छ ।

यसैगरी बागलुङमा १८ जनाको नमुना परिक्षण गरिएको छ जसमा २ जना को रिपोर्ट पोजेटिभ आएको छ भने १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पोजेटिव आएका दुईजनाको धौलागिरी अस्पतालमा उपचार भैरहेको छ ।लम्जुङमा ११ ,म्याग्दीमा ३, गोरखामा २ वटा नमुना संकलन गरिएको छ । यस्तै मुस्ताङ, मनाङ, नवलपुर र तनहुमा कसैको पनि नमुना संकलन गरिएको छैन । नमुना संकलनमा कास्की पछाडी पर्वत दोस्रो स्थानमा आएको छ ।