अफगानिस्तानको राष्ट्रपति निबासका २० कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं, विश्वभर म’हामारीको रुपमा फै’लिएको को’रोना भाइरस (को’भिड–१९)काे प्रकोप नियन्त्रणमा आउनुको साटो संसारभर भ’यावह रुप लिँदै गएको छ । अफगानिस्तानको काबुलस्थित राष्ट्रपति निबासमा कार्यरत २० जना कर्मचारी मा को’रोनाभाइरस संक्रमणको पुष्टि भएको छ । अफगानिस्तानको काबुलबाट प्रसारण हुने टोलो न्युजलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले ५१७ वटा नमूना सङ्कलन गरिएकोमा राष्ट्रपति निबासमा कार्यरत २० जनामा संक्रमणको पुष्टि भएको उल्लेख गरेको छ ।

समाचार संस्था एएनआईका अनुसार अफगानिस्तानका राष्ट्रपति अशरफ घानीमा को’रोनाभाइरस प’रीक्षण गरिए नगरिएकोबारे सञ्चारमाध्यमले स्पष्ट गरेको छैन् । अफगानिस्तानमा पाँचसय ५५ जना को’रोनाभाइरसबाट सं’क्रमित छन् । १८ जनाको मृ’त्यु भएको छ ।काबुल स्थित संक्रामक रो’ग अस्पतालका प्रमुख असदुल्लाह इस्मतले पर्याप्त कि’टको अ’भावमा परीक्षण दर बढाउन नसकिएको बताउनुभयो ।