कोरोनाभाइरसबाट आज कतारमा थप एक जनाको मृत्यु

दोहा , आज नयाँ २५१ जना कोभीड-१९ (कोरोना भाइरस) संक्रमित भेटिएको छ भने थप एक जनाको मृत्यु भएको छ । त्यस्तै आज २८ जनालाई निको भएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या २९७९ पुगेको छ ।हालसम्म २७५ जना निको भएर घर फर्किएका छन् भने कुल ४९१०२ जनालाई जाँच गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । भाइरस बाट हालसम्म कतारमा ७ जनाको मृत्यु भएको छ । नयाँ केहि संक्रमित विभिन्न देशबाट आएकाहरु हुन् भने बाँकि पुरानो बिरामी बाट संक्रमण भएका स्थानिय र आप्रवासी नागरिक रहेका छन् ।

सरकारले ल्याब केन्द्र बढाएर परिक्षण तिब्र गरेपछि केहि दिन यता देखि संक्रमितको संख्या उच्च देखिएको हो । यो संख्या अबको केहि दिनमा घट्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।उता कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ११ पुगेको छ । यो भन्दा पहिले एकजना नेपालीमा सङ्क्रमण देखिएकोमा पछिल्लो समय थप दश जनामा देखिएपछि सङ्क्रमितको सङ्ख्या ११ पुगको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।याेसँगै खाडीका देश र मलेसियामा सङ्क्रमित नेपालीको सङ्ख्या ४९ पुगेकाे छ । जसमध्ये ४४ कोरोना सङ्क्रमित नेपालीको अस्पतालमा उपचार भइरहेको छ । ५ जना निकाे भएर काममा फिरेका छन् ।