भारतमा को’रोनाका कारण मृ’त्यु हुनेको संख्या ३३१ पुग्यो, एकैदिन ४३ को मृ’त्यु

काठमाडौं, को’रोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भ’यावह बन्दै गएको छ । भारतमा हरेक दिन मृ’त्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ ।भारतमा अहिलेसम्म को’रोना भाइरसका कारण ३३१ जनाले ज्यान गु’माएका छन् भने ९ हजार २०५ जना संक्रमित भएका छन् । आइतबार मात्रै त्यहाँ ४३ जनाको मृ’त्यु भएको छ । शनिबारसम्म भारतमा को’रोनाका कारण मृ’त्यु हुनेको संख्या २८८ थियो ।भारतमा शनिबार ३९, शुक्रबार २३, बिहीबार ४८, बुधबार २८ र मंगलबार २५ जनाको को’रोनाका कारण ज्यान गएको थियो ।

भारतमा कुल संक्रमितमध्ये १ हजार ८० जना उपचारपछि नि’को भएका छन् । बाँकी ७ हजार ७९४ जना उपचाररत रहेको वल्र्डोमिटर्सको तथ्यांकमा जनाइएको छ ।पछिल्ला तथ्यहरूका अनुसार भारतमा म’हामारी नियन्त्रणका प्रयास प्रभावकारी नहुने हो भने यसले इटली र स्पेनकै जस्तो भ’यावह अवस्था निम्त्याउने त्यहाँका जनस्वास्थ्य विज्ञहरूले बताउँदैन आएका छन् ।