भारतसँग जोडिएको प्रदेश ५ को ४ सय ५ किलोमिटर लामो नाका सील गरियो

कपिलवस्तु, ५ नम्बर प्रदेशको भारतसँग सीमा जोडिएका स्थानमा २ सय बढी अस्थायी पोष्ट खडा गरेर सीमानाका सील गरिएको छ ।खुला सीमाका कारण कोरोना भाइरस संक्रमणको त्रास बढेका कारण सशस्त्र प्रहरी सीमामा तैनाथ भएर आवागमनमा पूरै रोक लगाएको छ ।सशस्त्र प्रहरीको टोली लुकीचोरी आवतजावत हुने ठाँउमा पाल टाँगेर र अस्थायी पोष्ट खडा गरेर २४ घण्टा ड्यूटीमा खटिएको छ । पश्चिम नवलपरासीदेखि बर्दियासम्म ४ सय ८ किमी खुला सीमा भारतसँग जोडिएको छ ।सशस्त्र प्रहरीको टोली प्राय एउटादेखि अर्को पोष्ट देखिने गरी खटिएका छन् ।

‘आई कन्ट्याक्ट हुने गरि पोष्ट राखिएका छन’, ५ नम्बर प्रदेश सशस्त्रको बाहिनी प्रमुख डीआईजी नारायणदत्त पौडेलले भन्नुभयो, ‘कही कही वन, नदी र तालका कारण केही पर छन् ।’त्यस्ता ठाउँमा मोबाइल पैदल गस्ती गरेर सीमा निगरानी गरिरहेको जानकारी पनि उहाँले दिनुभयो । त्यस्तै गाडीबाट नियमित पेट्रोलिङ एवं निगरानी पनि बढाइएको छ ।प्रदेश भरि सीमामा २८ बीओपी (बर्डर आउटडोर पोष्ट) र ३ भन्सार गुल्म स्थायी संरचना थिए । त्यसमा अहिले थप २ सय बढी अस्थायी पोष्ट स्थापना गरिएका छन् ।अस्थायी पोष्टमा आवश्यकता अनुसार जनशक्ति परिचालन गरिएको छ ।

प्रत्येकमा ५ देखि ८÷१० जनासम्म छन् । सीमाका ६ जिल्लामा अस्थायी पोष्टकालागि थप एक हजार जनशक्ति परिचालित छन् । तालिम केन्द्र, पहाडी जिल्ला, अन्य प्रदेश र हेडक्वाटरबाट यहा जनशक्ति झिकाईएको छ ।मुलुक लकडाउनमा गएसँगै चैत ११ गतेबाट सीमामै रहेका युनिटको जनशक्ति अधिकतम परिचालन गरिएको थियो । चैत २२ गतेबाट अस्थायी पोष्टमा खटाइएकाहरु पाल र टेण्ट टाँगेर बसेका छन् ।सशस्त्रको हेडक्वाटर र बाहिनीबाट ड्यूटीका ला िपाल र टेण्ट पठाइएको हो । कहीकही स्थानीय पालिकाले समेत सहयोग गरेका छन् ।

जिल्लामा रहेका गणका प्रमुख उपरीक्षकले स्थानीय स्तरबाटै सहयोग जुटाएर बन्दोबस्ती मिलाएको डीआईजी पौडेलले बताउनुभयो ।अस्थायी पोष्टमा खटिएका जनशक्तिको खाना नजिकको स्थायी युनिटले मिलाएको छ । ड्यूटी बदली गर्दा गाडीमा ल्याउने लैजाने गरिन्छ । कतिपय ठाउँमा गाडीमा खाना पु¥याउने गरिएको छ ।अप्ठयारो र जान समय लाग्ने ८÷१० ठाँउमा मात्र अस्थायी पोष्टमै खाना पकाउने गरिएको छ । भाँडाकुडा र ओछ्यान टेण्ट र स्थानीय पालिकाको सहयोगमा मिलाईएको छ ।सीमा काउण्टर पार्ट एसएसबीले पनि राम्रो सहयोग गरेको उहाँले बताउनु भयो ।

‘उनीहरुले पनि सीमा सिल गरेका छन’, उहाँले भन्नुभयो, ‘उनीहरु पनि उत्तिकै सतर्क छन् ।’बेला बेला सीमामा दुबै मिलेर गस्ती गर्छौं । यस्ले सीमामा जनतामा निगरानी कडा रहेको सन्देश जाँदा लुकीचोरी आवतजावत गर्ने हतोत्साहित बनेका छन् ।सीमा क्षेत्रमा चोरबाट हुदै आवतजावत बढेपछि सशस्त्रले कपिलवस्तुमा सबै आवागमन ठप्प पारेको छ । लुकीचोरी भारतबाट आउनेलाई मध्यनजर गरी पूर्ण रुपमा रोक लगाईएको छ ।भारतसँग सीमा जोडिएको ९३ किमी सशस्त्रले सील गरेको छ । कपिलवस्तुको बिभिन्न स्थानमा पाल र टेण्ट टाँगेर ३५ अस्थायी पोष्ट खडा गरिएकोछ । ६० देखि ६५ खुला ठाउँमा डियुटी खटाइएको छ ।

त्यही ड्यूटी स्थलमा खाने बस्ने व्यवस्था मिलाइएको छ । १ सय ५० थप जनशक्ति परिचालन गरिएको छ । उनीहरुलाई सीमा रहेको स्थायी संरचना ६ विओपी र एक भन्सार राजस्व गुल्मबाट परिचालन गरिसकिएको छ ।उक्त युनिटले थप जनशक्तिलाई त्यस्ता चोर नाकामा अस्थायी पोष्ट बनाएर परिचालन गरेको सशस्त्रको २८ नम्बर गणका उपरीक्षक जनकराज पुरीले न्यूज २४ लाई बताउनुभयो ।‘२४ सै घण्टा डियुटी लगाएका छौं’, उहाँले भन्नुभयो, लुकीचोरी आवतजावत हुने नाका पूरै ठप्प छ ।’