भारतमा को’रोना प्र’कोप सा’म्य नभएसम्मका लागि सीमामा आ’वजावत अ’निश्चितकालसम्मलाई ब’न्द

काठमाडौं, ०२ बैशाख । सरकारले अ’निश्चितकालसम्मका लागि छिमेकी राष्ट्र भारतसँगको सीमामा आ’वतजावत ब’न्द गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिपदको बै’ठकले भारतसँगको सीमामा आ’वतजावत अ’निश्चितकालसम्मलाई ब’न्द गरेको हो ।त्यस्तै, सरकारले जारी लकडाउनको अवधि १२ थपेर बैशाख १५ गतेसम्म लम्ब्याएको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ देखि १८ गतेसम्म पहिलोपटक १ हप्ते लकडाउन घोषणा गरेको थियो ।

त्यसपछि दोस्रोपटक चैत १७ गतेको मन्त्रिपरिषद बैठकले ७ दिन थपेर चैत २५ सम्मका लागि लकडाउन लम्ब्याएको थियो ।उक्त अवधि सकिनु १ दिन अगावै सरकारले तेस्रोपटक जारी लकडाउन ८ दिन थपेर वैशाख ३ गतेका लागि लम्ब्याएको थियो ।जसको अवधि भोलि बुधबार सकिने थियो ।तर सो अवधि समाप्त नहुँदै आजको मन्त्रिपरिषद बैठकले चौथोपटक १२ दिन थप गरेर अवधि लम्ब्याएको हो । अब जारी लकडाउन बैशाख १५ गतेसम्म कायम रहनेछ ।जारी लकडाउन लम्ब्याउने कि नलम्ब्याउने भन्ने बारे बालुवाटारमा छलफल भएको थियो । मुलुकमा कोरोना संक्रमणका नयाँ केसहरू बढ्न थालेपछि सरकारले केही दिन कडाइ गर्दै लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।