Breaking: काभ्रेका दुई युवामा को’रोना संक्रमण देखियो

२ बैशाख २०७७, मंगलवार काभ्रे ।काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक एक जनामा द्रुतगतिको परिक्षणमा को’रोना पोजिटिभ देखिएको छ। बेथान्थोक गाउँपालिकावडानम्वर ५ का २८ बर्षिय युवालाई आ’रडिटी परिक्षणमा को’रोना पोजिटिभ देखिएको हो । उहाँ चैत्र ९ गते भारतबाट नेपाल फर्किनु भएको थियो । उहाँलाई आज नै धुलिखेल अस्पतालमा थप प’रिक्षणका लागि ल्याईएको छ । पहिलो परिक्षणमा उहाँलाई संक्रमण देखिए पनि दोश्रो परिक्षणमा नदेखिन सक्ने अस्पतालले जानकारी दिएको छ ।

द्रुत परिक्षणमा भएको कि’टले उहाँमा संक्रमण देखाएको हो । बेथान्चोक गाउँपालिमा २२ जना चैत्र १ गते पछि फर्किएका ब्यक्तिहरु छन् ।त्यस्तै मण्डन देउपुर नगरपालिमा वडा नम्वर ३ नयाँ गाउँका २३ बर्षिय युवामा द्रुतगतिको आ’रडिटी परिक्षणमा को’रोना भाईरसको संक्रमण देखिएको हो । उहाँ चैत्र ७ गते दुबईबाट फर्किनु भएको थियो । उहाँलाई २२ दिन क्वारेन्टाईनमा राखेर घर पठाईएको थियो ।उहाँ लाई पनि थप परिक्षणका लागि धुलिखेल अस्पताल ल्याईएको छ । उहाँको स्वा’बको परिक्षणपछि दोश्रो रिपोर्ट आउनेछ ।

काठमाडौको अपार्टमेन्टमा रहेका एक जनालाई धुलिखेलमा गरिएको आ’रडिटी परिक्षणमा संक्रमण देखिएको छैन ।स्थानीय सरकारले चैत्र १ देखि विभिन्न देशबाट काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकाहरुमा भित्रिएका २ सय ५१ जना ब्यक्तिहरुको परिक्षण गर्ने छ ।जसमध्ये आजसम्म १ सय ९१ को परिक्षण सकेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं क’माण्ड पोष्टका सदस्य सचिवडा. नरेन्द्रकुमार झाले बताउनु भयो ।