Breaking: दक्षिण कोरियाबाट आएका धादिङका एक युवकमा र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखियो

धादिङ, धादिङमा एक युवकमा कोरोना पोजेटिभ देखिएको छ ।मंगलबार गाउँपालिकामा भारत लगाएत तेश्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसिरहेकाहरुको र्या्िपड टेस्ट (आरडीटी किट) बाट कोरोना भाइरसको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानाकारी दिनुभयो । आरडीटी किटबाट पोजेटिभ देखिएका व्यक्तिलाई हुन पिसिआर परिक्षणका लागि सबैको नमूना संकलन गरेर काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाउने तयारी भईरहेको धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।

उक्त युवा आएको विमानको पहिचान तथा अन्य विस्तृत विवरणको खोजी भईरहेको तामाङले बताउनुभयो ।पोजेटिभ देखिएका २७ वर्षिय युवक दक्षिण कोरिया बसेर गत फागुन २१ गते घर फर्किएका र उनलाई होम क्वारेन्टिनमा राखिएको थियो । मंगलबार मात्रै ज्वालामुखी गाउँपालिकामा ३५ जनाको आरडिटी परीक्षण गरिएको थियो। यसअघि पनि धादिङका एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।