नेपालमा कोरोना संक्रमितको संख्या १६ पुग्यो

काठमाडाैँ, २ वैशाख । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परिवारका ३ जनामध्ये २ जनाकाे रिपाेर्ट काेराेना पाेजेटिभ देखिएकाे स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १६ पुगेकाे छ ।मन्त्रालयका अनुसार अपार्टमेन्टमा बस्दै आएका तीन जनामा काेराेना भाइरसकाे शंका भएसँगै थप पुष्टिका लागि साेमबार आरडीटी विधिबाट परीक्षण गर्दा २ जनाकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे हाे ।पाेजेटिभ देखिएकामध्ये एक ५८ वर्षिया पुरुष र अर्की ८१ वर्षिया महिला रहेकाे मन्त्रालयले जनाएकाे छ ।

पीसीआरबाट थप परीक्षण गर्दा समेत उनीहरूकाे पोजेटिभ रिपोर्ट देखिएको हाे ।बाँकी १ जनाको हालको परिक्षणमा कोभिड-१९ पोजेटिभ नदेखिएको र उल्लेखित ३ जना व्यक्तिहरू यसअघि टाउन प्लानिंङस्थित निवासमा बसोबास गर्दै आएको मन्त्रालयले जनाएकाे छ । उनीहरूलाइ साेमबार नै पाटन अस्पतालमा भर्ना गरिएकाे थियाे ।मन्त्रालयले उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परीक्षण आजैबाट सुरू गरिएको पनि जनाएकाे छ । त्यहाँ देखिए संक्रमितहरूसँग संलग्नहरूको ‘ट्रयासिङ’ गर्न पनि सुरू भएको जनाइएकाे छ ।