को’रोना म’हामारीमा ग’म्भिर ला’परबाही, गाउँका पसल खुला, ता’स र म’दिरामा मस्त स्थानीय

३ बैशाख २०७७, बुधबार दुल्लू । विश्वव्यापी रूपमा फै’लिएको को’रोना सङ्क्रमण फैलिन नदिन सरकारले गरेको तीन साता बढी लामो ब’न्दाबन्दीमा सदरमुकामबाहेक स्थानीय तहका अधिकांश पसल खुलेका छन् । सरकारले ब’न्दाबन्दीको पूर्ण पा’लना गर्न सू’चना जा’री गरे पनि सू’चनाको बे’वास्ता गर्दै गाउँका पसलहरु चलिरहेको छ । जिल्लाका ११ स्थानीय तहका मुकामबाहेक गाउँका फुटकर पसलमा मानिसहरूको भी’ड लाग्ने गरेको छ । गाउँका फुटकर पसलेले नि’र्धक्क व्यापार व्यवसाय गरिरहेका छन् ।

दैलेख जिल्लाको सदरमुकाम समेत रहेको नारायण नगरपालिकाले गाउँका पसलहरु खुला भएपछि सबै फुटकर पसल तथा होटललाई ब’न्द गर्न आग्रह गर्दै पत्र थमाएको छ ।वडा नं १ मा रहेको सदरमुकाम बाहेकका अन्य १० वडाका वडाअध्यक्षलाई परिचालन गरी पसलमै पुगी पत्र बुझाइएको नगर प्रमुख रत्नबहादुर खड्काले जानकारी दिए । उनले भने, “हामीले नगरका १० वटै वडाअध्यक्षलाई आजैबाट गाउँका फुटकर पसलसमेत ब’न्द गर्न पत्र काटेर खटाएका छौँ । अन्तिम पटक पत्रद्वारा आग्रह गरिएको हो । अटेरी गरी खुला गरे पसल नै सि’ल गरिनेछ ।”

यस्तै निर्वाचन क्षेत्र–२ को दुल्लु नगरपालिकामा समस्या देखिएकाले ब’न्दाबन्दीलाई क’डा पारिने नगर प्रमुख घनश्याम भण्डारीले बताए ।गाउँका पसलहरु खुला हुँदा ब’न्द गर्ने अ’भियान अगाडि बढाइने आठविस नगर प्रमुख खड्गराज उपाध्यायले बताए । साना तथा फुटकर पसल खुला हुँदा को’रोना फैलिने सम्भावना देखिएपछि सावधानी अपनाउन आफ्नो गाउँपालिकामा सहुलियत पसल सञ्चालन गरिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए ।“हामीले स्थानीय जनताका लागि सहुलियत पसल हरेक वडामा सञ्चालन गरेका छौँ, त्यहाँ को’रोना भाइरसको सङ्क्रमण रोक्न सबै नि’यम पालना गरिएको छ ।

सहुलियत पसलबाहेक अन्य पसलहरु खुला भएको जानकारी पाए का’रबाही गरिने छ”, उनले भने । यो म’हामारीमा सरकारले को’रोना रोकथामका लागि गरेको ब’न्दाबन्दीलाई पूर्ण पा’लना गर्न सबै व्यापारी हरुलाई पसल ब’न्द गरी सहयोग गरिदिन आग्रह गरिएको दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलबहादुर विकले बताए । उनले भने, “कतै भूलवश गाउँमा पसलहरु खुल्ला भएका होलान् ती पसललाई हामी हाम्रो माध्यमबाट ब’न्द गर्न लगाउँछौं ।” भारतबाट आएका मानिसहरू क्वारेन्टाइनमा बस्नुको साटो स्थानीय पसलहरुमा म’दिरा से’वन गरेका र तास खेलेका भेटिने गरेको महाबु–१ का शिक्षक जङ्गबहादुर थापाले बताए ।

सम्झाउँदा उल्टो आफूलाई गा’ली गर्ने गरेको उनको भनाइ छ । “स्थानीय तहका मुकामबाहेक अन्य गाउँमा सायद यस्तै हालत छ, सरकारका लागि बन्दाबन्दी मान्नु पर्ने जस्तो बुझाइ हरेकमा छ, त्यसैले सूक्ष्म अनुगमन गर्न जरुरी छ”, उनले भने ।अधिकांश गाउँका पसलमा बस्ने, गो’प्यरूपमा तास खेल्ने र त्यो पनि नभए हु’ल बाँ’धेर खोलामा आउने गरेको भैरवी–१ कर्णबहादुर कार्कीले बताए । “मैले खोलामा माछा मा’र्न थालेको २० वर्ष भयो । मेरो घर भैरवी र महाबुको सङ्गममा छ तर खोलामा मानिसको यति ठूलो भि’ड अहिलेसम्म देखेको थिएन, भी’ड देख्दा मलाई अचम्म लागेको छ”, उनले भने ।– रासस