चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु, ५ घाइते

प्रकाश चन्द्र भट्ट, दार्चुला ।दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृ’त्यु भएको छ । शैल्यशिखर नगरपालिका– ६ तिखाधार बस्ने भद्र सिंह खातीकी ७ वर्षीया छोरी लक्ष्मी खातीको मंगलवार राती चट्याङ लागेर मृ’त्यु भएको हो ।खातीको घ’टनास्थलमै मृ’त्यु भएको र अन्य पाँचजना घा’इते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए । उनका अनुसार खातीको घरमा मंगलवार राती साढे ८ बजेतिर चट्याङ परेको हो । चट्याङ लागेर खातीकी श्रीमती सिता खाती र छोरा राजेन्द्र खाती सामान्य घा’इते भएका छन् ।

चट्याङले घर पूर्ण रुपमा क्ष’ति हुनुका साथै गोठमा रहेका दुहुनो गाई र गोरु म’रेको प्रहरी निरीक्षक जोशी बताए । उता कञ्चनपुरको पुनर्वास नगरपालिका १० स्थित एक रूखमा मंगलबार अपरान्ह हावाहुरी सँगै पुनर्वासकाे एक रुखमा चट्याङ पर्दा आ’गलागी भएर द’नदनी ज’लेकाे पुनर्वास प्रहरीले जनाएको छ ।स्थानीय प्रत्यक्षदर्शीले भने, ‘आकाश गड्गडाउँदा खेतबारीमा रहेको हल्दुकाे रुखमा माथिबाट चम्किलो वस्तु खसेकाे दृश्य देखियाे । लगत्तै रुखमा त त द’नदनी आ’गलागी भयाे ।’रुखमा आ’गलागी हुन थालेपछि पुनर्वास नगरपालिकाकाे दमकलकाे सहायताले आगाे नियन्त्रणमा लिइएकाे स्थानीयले बताए ।तस्बिर :कञ्चनपुरको पुनर्वासमा चट्याङ