‘सुर्खेतमा पनि को’रोना देखियो पुष्टि हुन बाँकी’ भन्दै स्टाटस लेख्ने युबक पक्राउ

रासस , सुर्खेत । सामाजिक सञ्जाल फेसबुकमा को’रोना भाइरसबारे भ्र’म फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर-८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मङ्गलबार साँझ प’क्राउ गरेको हो । प्रहरीले आचार्यलाई फेसबुकमा ‘सुर्खेतमा पनि को’रोना देखियो पुष्टि हुन बाँकी’ भन्ने स्टाटस लेखेकाले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सू’चना अधिकारी गोपाल रायमाझीले आचार्यलाई का’रवाही गर्न अनुसन्धान प्र’क्रिया अघि बढाइएको बताए ।

प्रहरीले ‘लेकबेँसी नगरपालिका वडा नं १ मा एक जनामा को’रोना देखियो’ भनेर फेसबुकमा पोष्ट गर्ने प्रुम विवश नामक प्रयोगकर्तालाई पनि खोजी गरिरहेको छ ।प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका ल्या’ब इ’ञ्चार्ज ओम आचार्यले कर्णाली प्रदेशमा हालसम्म को’रोना सङ्क्रमण फेला नपरेको जानकारी दिए ।