को’रोना संक्रमणमा पनि स्कुल खोल्ने डेनमार्क बन्यो युरोपकै पहिलो देश

कोपनहेगन, ३ बैसाख । विश्वभर को’रोना भाइरसको संक्रमण भएका व्यक्तिको संख्या २० लाख ना’घेको छ। नेपाली समयअनुसार बुधबार मध्यान्नसम्म एक लाख २६ हजारको मृ’त्यु भएको छ । वर्ल्डओमिटरका अनुसार विश्वमा अहिले को’रोना संक्रमितको संख्या २० लाख ७ सय २८ पुगेको छ भने मृ’त्यु भएका मानिसको संख्या १ लाख २६ हजार ७ सय ७६ पुगेको हो। विश्वमा सबैभन्दा बढी संक्रमित अमेरिकामा ६ लाख १४ हजार २४६ पुगेको छ। त्यहाँ मृ’त्यु भएकाको संख्या २६ हजार ६४ पुगेको छ।

तर को’रोना भाइरसका कारण डेनमार्कमा एक महिनादेखि ब’न्द रहेका विद्यालयहरु बुधबारदेखि खुल्न थालेका छन् ।युरोपमै विद्यालय खोल्ने डेनमार्क पहिलो देश हो । पहिलो चरणमा नर्सरी, शिशु कक्षा र प्राथमिक विद्यालयहरु शुरु भएका छन् । को’विड–१९ म’हामारीका कारण डेनमार्क सहित युरोपका धेरै देशमा मार्च १२ तारिखदेखि विद्यालयहरु ब’न्द भएका थिए ।तर पहिलो चरणमा डेनमार्कका आधाभन्दा बढी नगरपालिकाहरु र कोपेनहेगनका करिब ३५ प्रतिशत शैक्षिक संस्थाहरु मात्र खुलेका छन् ।