चितवनमा पनि र्‍यापिट टेष्टमा एक जनामा कोरोना पोजिटिभ

चितवन, चितवनमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणको क्रममा एक जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । पूर्वी चितवनको रत्ननगरस्थित गुञ्जमान सिंह हस्पिटलमा आज (बुधबार) गरिएको र्‍यापिड टेस्ट परीक्षणमा एक जनामा कोरोना पोजिटिभ देखिएको अस्पतालका प्रशासक मोहन खड्काले जानकारी दिएका छन । र्‍यापिड टेस्टमा पोजिटिभ देखिए लगत्तै ती पुरुषलाई अस्पतालकै आइसोलेसनमा राखिएकोछ । ती पुरुष फागुन ३० गते कोरियाबाट आएको हुन् ।उनमा कुनै लक्षण देखिएको छैन ।

थप परीक्षणका लागि ती युवाको थ्रोट स्वाब संकलन गरी भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला पठाइएको खड्काले जानकारी दिएका छन ।खड्का अनुसार आज ३९ जनाको र्‍यापिड टेष्ट गरिएको छ भने ३ जनाको स्वाब संकलन गरिएको छ । यस्तै हिजो मंगलबार १८ जनाको र्‍यापिड टेस्ट र ४ जनाको स्वाब मार्फत कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।