लकडाउनमा सामाजिक दुरी कायम गर्दै विवाह, अनलाइनमा २ सय जन्ती सहभागी !

काठमाडौं । कोरोना भाइरसको भयावह हाल विश्व भर छ । कोरोनाका कारण लाखौं मानिसले ज्यान गुमाईसकेका छन् । विश्वभर नै कोरोना रोकथामका लागि लकडाउन गरीएको छ । यी जोडीले लकडाउनमा विवाह गरेका छन् । विश्वभर मानिसहरु कोरोनाको कहरले घरभित्रै रहेको अवस्थामा यी जोडीले विवाह गरे । सामाजिक दुरी कायम गर्दै उनीहरुले गरेको विवाह विश्वभर चर्चा बन्यो ।अमेरिकाको टेक्सास राज्यको अस्टिन सहरमा यी जोडीले विवाह गर्दा २ सय जन्ती अनलाइन सहभागी भएका हुन् ।

यी जोडी हुन् केटलिन डिलवर्थ र इथन पोलाक । यो जोडीले आफ्नो पाहुनाहरुलाई अनलाइनमार्फत नै जानकारी दिएका थिए । करिब २ सय आफन्तजनहरु अनलाइनमा सजिएर आएका र वर बधुलाई अनलाइनमार्फत नै बधाई र आर्शिवाद दिएका थिए । विवाह गर्ने रोकिदैनन् भन्ने उदाहरण बनेको छ यो जोडी ।