इरानी गार्डद्वारा कोरोना भाइरस पहिचान गर्ने ‘चुम्बकीय’ उपकरण सार्वजनिक

तेहरान । इस्लामिक रिभोलुसन गार्ड कर्प्सका कमान्डरले नोभेल कोरोना भाइरस पहिचान गर्नसक्न‍े ‘चुम्बकीय’ उपकरण सार्वजनिक गरेका छन् । करिब एक सय मिटरको दूरीमा रहेको कोरोना संक्रमित व्यक्ति भए-नभएको पहिचान गर्नसक्ने चुम्बकीय उपकरण सार्वजनिक गरिएको तास्‍निम समाचार एजेन्सीले जनाएको छ । “यस उपकरणमा भएको द्विध्रुवीय भाइरसका आधारमा चुम्कीय क्षेत्र निर्धारण गर्ने र एक सय मिटरको दूरीमा रहेका कोरोना संक्रमित व्यक्ति भएको पाँच सेकेन्डमा पत्ता लगाउँछ,” माज्‍गेन होसिन सलामीले भने ।

यसले ८० प्रतशत यथार्थ नतिजा दिने बताइएको छ । विज्ञहरुले भने अहिले कोभिड-१९ जाँच गर्ने एकमात्र उपयुक्त विधि भनेको स्वाब परीक्षण नै रहेको बताएका छन् । – बीबीसी