बि’रामी नबोकी सामान बोकेको भन्दै धादिङको ज्वालामुखीमा एम्बुलेन्स तो’डफोड

धादिङ, धादिङको ज्वालामुखी गाउँपालिका ३ अमराईमा एम्बुलेन्स तो’डफोड भएको छ । गएराती औ’षधी तथा औ’षधी जन्य सामाग्री लिएर मैदी जाँदै गरेको एम्बुलेन्स अमराईमा तो’डफोड भएको हो । र्यापिड डाइग्नोस्टिक टेस्टमा पोजेटिभ देखिएका धादिङ ज्वालामुखीकै एक जनालाई बोक्न नमानेर व्यक्तिगत सामान बोकेको आरोप लगाउँदै स्थानीयले बुधबार साँझ एम्बुलेन्स नियन्त्रणमा लिइ तो’डफोड गरेका हुन् । ज्वालामुखी गाउँपालिकाको मैदी स्वास्थ्य चौ’कीद्धारा सञ्चालित बा २ झ २७२५ नम्बरको एम्बुलेन्समा तो’डफोड भएको हो । एम्बुलेन्समा सामान्य क्ष’ति पुगेको छ ।

मंगलबार ज्वालामुखी गाउँपालिकामा भएको कोरोना भाईरसको द्रुत जाँच प्रविधि र्यापिड टेष्ट गर्दा एक युवाको रिपोर्ट पोजेटिभ भेटिएको थियो ।र्यापिड टेस्टमा पोजेटिभ देखिएका युवालाई ज्वालामुखी गाउँपालिकाका कुनैपनी एम्बुलेन्सले चालकले बोक्न नमाने पछि ती मंगलबार राती मोटरसाईकल चलाएर आफै जिल्ला अस्पताल आएका थिए । धादिङको ज्वालामुखी गाउँपालिकामा २ वटा सरकारी र २ वटा प्राईभेट गरी ४ वटा एम्बुलेन्स छन् । सरकारले कोरोना भाइरस संक्रमण तथा रोकथामका ख’टिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको २५ लाख रुपैयाँको गरिदिने नि’र्णय समेत गरेको छ ।

डाक्टर, नर्स, एम्बुलेन्स चालक, र सु’रक्षाकर्मीको विमा हुने र उनीहरुलाई व्यक्तिगत सु’रक्षा सामग्री (पीपीई) निशुल्क उपलब्ध गराउने निर्णय समेत गरेको छ । तर धादिङमा सरकारी एम्बुलेन्स चालकहरु नै ज्व’रो आएका वि’रामीलाई अस्पताल सम्म पुर्याउन मानि रहेका छैनन् ।