काठमाडौंको बुढानिलकण्ठमा एक महिलामा आरडीटी गर्दा को’रोना पोजेटिभ

काठमाडौं : काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं ९ निवासी एक ३१ वर्षीया महिलामा र्‍या’पिड डाइग्नोस्टिक टेष्ट (आ’रडीटी) गर्दा को’रोना पोजेटिभ देखिएको छ । इटालीबाट फर्किएकी उनीमा बुधबार परीक्षण गर्दा को’रोना पोजेटिभ देखिएको हो ।बुढानिकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको आ’रडीटि विधिबाट को’रोना परीक्षण गरेको थियो । बुधबार वडा कार्यालयमा गरिएको परीक्षणमा २२ दिन देखि होम क्वारेन्टाइन बस्दै आएकी उनमा र्‍यापिड टेस्टमा को’रोना पोजेटिभ देखिएको बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले जानकारी दिए ।

ती महिलाको पी’सीआर विधिबाट परीक्षणका स्वाब संकलन गरेर टेकु अस्पतालमा पठाइएको मेयर खरेलले बताए । टेकुबाट आउने रिपोर्टबाट मात्र आधिकारीक जानकारी आउने समेत मेयर खरेलले जानकारी दिए ।महिलामा भने को’रोनाको कुनै पनि लक्षण देखिएको छैन। उनले आफू इटालीबाट आएपछि सुरूमा सेल्फ क्वारेन्टाइनमै बसेको बताएकी छिन्। उनले २२ दिनपछि टेकु अस्पतालमा फोन गरेर बुझ्दा चिकित्सकले उनलाई लक्षण केही नदेखिएकाले परीक्षण गर्न नपर्ने बताएका थिए। त्यो बीचमा उनले आफन्तलाई भेटेको बुझिएको छ।

बुधबार भने उनी आफैं नगरपालिकाले सञ्चालन गरेको र्‍यापिड टेस्ट शिविरमा जाँच गराउन पुगेकी थिइन्। कुनै व्यक्तिलाई को’रोना संक्रमण भएपछि त्यसवि’रूद्ध ल’ड्न शरीरले ए’न्टीबडी उत्पादन गर्छ। ए’न्टिबडीले को’रोनाभाइरसलाई न’ष्ट गरिसकेपछि पनि शरीरमा ए’न्टिबडी कायमै रहन्छ। त्यसैले कहिलेकाहीँ डा’इग्नोस्टिक टेस्टले परीक्षणमा एन्टिबडी देखाए पनि को’रोनाभाइरस भने न’ष्ट भइसकेको हुन सक्छ।