लकडाउनमा चितवनबाट धादिङ आएका एकजनाको पुलबाट ख’सेर मृ’त्यु

धादिङ ।धादिङमा लकडाउन उ’लङ्घन रो’क्न भन्दै पुलमा लगाईएको बार ना’घ्न खोज्दा ख’सेर एक जनाको मृ’त्यु भएको छ । आज धादिङको ज्वालामुखी गाउँपालिका–५ स्थित बुङ्गकोटघाट धादिङ र गोरखा जोड्ने पुलमा लगाईएको छेकबार पार गर्न खोज्दा बगरमा ख’सेर मृ’त्यु भएको हो । मृत्यु हुनेमा ज्वालामुखी–५ बांझगरा निवासी ३८ वर्षीय होमबहादुर राना रहेको ज्वालामुखी–५ का वडाध्यक्ष टिका काप्रीले जानकारी दिनुभयो । ज्वालामुखी–५स्थित बुढीगण्डकीमा रहेको बुङ्गकोट घा’टमा गोरखाबाट आवतजावत रोक्न पुलमा लगाइएको थियो ।

वडा अध्यक्ष काप्रीका अनुसार पुलमा हालिएको बार ना’घ्ने क्रममा मृ’त्यु भएको हुन सक्ने बताउनुभयो । रोजगारीको सिलसिलामा चितवनमा रहेका राना पृथ्वीराजमार्ग स्थित बेनीघाटबाट गोरखा फुजेल आउँदै गरेको एम्बुलेन्समा सवार भइ उनी बुढीगण्डकी गोरखा र धादिङ जोडने पुल तरेर आउन खोजेका थिए । पुलमा ड’र लाग्ने भन्दै मृ’तक रानाले आफुलाई लिन आउनु भन्दै परिवारलाई फोन समेत गरेको मृ’तकका परिवारले बताएको छ । मृ’तकको श’व परिक्षणका लागी धादिङ अस्पताल ल्याईएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।

मृ’तकको आमा, श्रीमती एक छोरा र २ छोरी छन् । बुधबार ज्वालामुखीको वडा नम्बर ५ का स्थानियले उक्त पुलमा छे’कबार लगाए पश्चात ज्वालामुखी मैदीका एकजना युवामा र्या’पिड टेस्टमा पो’जिटिभ देखिएपछि गोरखावासीले पुन बिहीबार काँडेतार हालेर आ’वागमन रो’क्ने थप प्रयास गरेका थिए ।