लण्डनमा को’रोनाले लियो धनकुटाका तामाङको ज्यान

लण्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा फेरि अर्का एकजना नेपालीको मृ’त्यु भएको छ । लन्डनको हिलिङडनबरोको ‘वेस्टड्रेटन’ मा बस्दै आएका ८२ वर्षीय हरिमान तामाङको बुधबार साँझ को’रोनाको संक्रमणका कारण नि’धन भएको हो । स्वास्थ्यमा समस्या आएपछि ५ दिनअघि अस्पताल भर्ना भएका तामाङलाई कारोना ‘पोजिटिभ’ देखिएको थियो । धनकुटा हात्तिखर्क, माकलुंग घर भएका मृतक तामाङ उनकी श्रमती, छोरी र ज्वाईंसँगै लण्डन बस्दै आएका थिए ।

उनी पूर्व गोर्खा सैनिक समेत हुन् । उनका एक छोरा भने अष्ट्रेलियामा बस्दै आएका छन् । बुधबार नै को’रोनाको संक्रमणबाट अर्का ५८ वर्षीय पूर्वगोर्खा लक्ष्मण श्रेष्ठको मृ’त्यु भएको थियो ।त्यस्तै बेलायतस्थित ननिटनमा बस्दै आएका ७८ वर्षीय हस्तावीर गुरुङको पनि बुधबार नै मृ’त्यु भएको छ । उनको मृ’त्यु को’रोनाकोसंक्रमणबाट भनिएपनि पुष्टि हुन भने बाकिँकी नै छ । बेलायतमा को’रोनाको संक्रमणबाट ज्यान गु’माउनेहरुमा भूपू गोर्खामात्र १ दर्जन ना’घिसकेका छन् ।