हावाहुरीले लडायो हिमाल एफ.एमको टावर, नियमित प्रसारण समेत ब’न्द

काठमाडौँ – विहिबार विहान असिनापानीसँगै आएको हावाहुरीलले सोलुदुधकुण्ड नगरपालिका ८ पत्ताले डाँडाँमा अवस्थित हिमाल एफ.एमको रि’पिटर टावरमा क्ष’ति पु¥याएको छ । हावाहुरीबाट टावरमा पूर्णरूपमा क्ष’ति गरेको जानएको छ ।हावाहुरीका कारण टावरमा रहेको जेनेरेटर, घर र प्रसारण उपकरणमा क्षति पु¥याएको हुनाले रेडियोको नियमित प्रसारण समेत ब’न्द भएको छ । संरचनामा परेको क्ष’तिका कारण विद्युत् प्रवाहमा समेत स’मस्या भएको छ । एफ एमले २० लाख बराबरको क्षति भएको बताएको छ ।

उता दाङमा मंगलवार राती परेका असिना पानी कारण झण्डैै ४ सय कृषकहरुले लगाएको गहुँबालीमा पुर्णरुपले क्ष’ति पुगेको छ। दाङको बंगलाचुली गाउँपालिकामा वडा नम्बर ५ को साकिने, कुँडुले, लोहारपानी, मुर्कुटी, मसुरे, फलिदे र कोलहका ३ सय ७० घर किसानहरुले लगाएको गहुँबाली मंगलवार राती परेको असिना पानीले झारेर स’खाप पारेको वडा नम्बर ५ का वडाध्यक्ष यनुराज खत्रीले जानकारी दिए। असिनाको कारण ३७० परिवारले लगाएको करिब १८ सय ५० मुरी गहुँबालीमा क्ष’ति पुगेको उनले बताए।