Breaking: हेटौँडा अस्पतालमा मनोज ढकालको मृ’त्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४ निबासी मनोज ढकालको आज विहान उपचारको क्रममा हेटौँडा अस्पतालमा मृ’त्यु भएको अस्पतालमा मे’सु प्रविण श्रेष्ठले पुष्टी गर्नुभएको छ ।दु’र्घटनामा परेर गोडा भाँ’चिएपछि ढकाल हेटौँडा अस्पताल उपचारको लागि भ’र्ना हुनुभएको मेसु श्रेष्ठले बताउनुभयो । उहाँको स’ल्यक्रिया सफल भएको र आज विहान डि’स्चार्ज गर्ने तयारी गरिएको भएपनि विहान ४ बजे प्रे’सरको कारण उहाँलाई हृ’दयघात भएको मेसु श्रेष्ठले बताउनुभयो ।हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले ढकाललाई हिजो साँझ भेट गर्नुभएको उहाँ बताउनुहुन्छ ।

भेटमा ढकालको स्वास्थ्य अवस्थामा सुधार आएकोले डि’स्चार्ज गर्ने तयारी भएको थियो उहाँले भन्नुभयो ।आज विहान मृ’तक ढकालको भाइ उहाँको रे’खदेखका लागि अस्पतालमा रहनुभएको अध्यक्ष पौडेल बताउनुहुन्छ । मृ’तक ढकालले विहान ४ बजे शौचालय जान मन गरेपछि उहाँकै भाईले शौचालयसम्म पुर्याएको अध्यक्ष पौडेल बताउनुहुन्छ । लामो समयसम्म दाइ बाहिर ननिस्किएपछि भाइले बोलाएको तर दाई बाहिन नआएपछि अस्पतालका नर्श र कर्मचारीको प’हलमा ढोका खोलेर हेर्दा शौचालयमा एउटा हात टेकेर लडिरहेको अवस्थामा फेला पर्नुभएको बुझियो – अध्यक्ष पौडेलले भन्नुभयो ।उहाँ सुगर प्रेसरको वि’रामी हुनुहुँदो रहेछ । प्रेसरकै कारण उहाँको मृ’त्यु भएको हो अस्पतालका अध्यक्ष पौडेलले भन्नुभयो ।