लकडाउन उल्लंघन गरी श्रीमती भेट्न पुगेका सई युवाहरुको फन्दामा

काठमान्डौ , लकडाउनका बेला बि’नापासको गाडी चढेर गोरखा पुगेका प्रहरी नायब निरीक्षक पीके यादव बाटो बाटै फि’र्ता भएका छन । प्रहरीको ब’र्दीमै बा २१ च १२६१ नंबरको स्कोरपियो चढेर गोरखा पुगेका सई यादवलाई बारकिलो बाट फि’र्ता गरेको जिल्ला प्रहरी प्रमुख ओम अधिकारीले जानकारी दिए ।‘सो’धखोज गर्दा ब’र्दी लगाएर नीजि काम गर्न आएको भन्ने बुझियो त्यसैले हामीले तत्काल त्यहीँबाट फर्कन आ’देश गरेपछि उनी फर्किए’, एसपी अधिकारीले भने, ‘उनी बारकिलोबाटै फर्किएका छन् ।’

सई यादव महानगरीय प्रहरीवृत्त कमलपोखरीमा कार्यरत हुन् ।श्रीमती भेट्न भन्दै बिहीबार यु’निफर्ममै गोरखा पुगेका प्रहरी सई पिके यादव ड्यु’टीमा ख’टिएका युवाहरुको फ’न्दामा परेका हुन्। बिहिबार यु’निफर्ममै गोरखातर्फ गएका थिए । उनलाई गोरखा नगरपालिका ११ स्थित बारकिलोबजारमा सडक सु’रक्षामा खटिएका युवाहरुले गाडी रो’केर अघि बढ्न दिएका थिएनन् ।उनी सवार बा २१ च १२६१ नम्बरको स्कारपियो पनि युवाहरुले नियन्त्रणमा लिएका ड्यु’टीमा खटिएका स्थानीय युवा अनील कुँवरले जानकारी दिए।

‘उहाँ युनिफर्ममै हुनुहुन्थ्यो। हामीले पास खोज्यौं, छैन भन्नुभयो,’ अनि हामीले अगाडि बढ्न दिएनौं’, उनले भने, ‘जिल्लाका एसपीसाबले यु’निफर्ममा आएको भए छो’डिदिन आग्रह गर्नुभो, तर हामीले छाडेनौं।’ लकडाउनका बेला अ’नियन्त्रित रुपमा मान्छेहरुको आ’वतजावत भएको भन्दै बिगत चारदिनदेखि यहाँका युवाहरु सवारी नि’गरानीमा छन् ।