विदेशमा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैं- को’रोना भाइरसका कारण विदेशमा अलपत्र परेका नागरिकलाई उ’द्धार गरी फिर्ता ल्याउन सर्वोच्च अदालतले अ’न्तरिम आ’देश दिएको छ । बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले विदेशमा खान बस्न स’मस्या भएका र रोजगारी गु’माएका आफ्ना नागरिकलाई उ’द्धार गरी ल्याउन आ’देश दिएको हो । अधिवक्ता सोमप्रसाद लुईंटेलसहित तीन अधिवक्ताले बुधबार दा’यर गरेको रि’ट निवेदनमा सु’नुवाई गर्दै सर्वोच्चले नागरिकको गु’हारलाई राज्यले टु’लुटुलु हेरेर बस्न नमिल्ने उल्लेख गरेको छ।

सु’क्ष्म तथा सं’वेदनशील तरिकाले विना भे’दभाव विना स्वेच्छाचार, विवेकपूर्ण तरिकाले नि’यमन र नियन्त्रणको शर्त ब’न्देजसहित फिर्ता ल्याउने र उ’द्दारको लागि आवश्यक प्रशासनिक, आर्थिक र व्यवस्थापकीय पहल गर्न विपक्षीहरुको नाममा अन्तरिम आदेश जा’री गरेको छ। सर्वोच्चले कूटनीतिक माध्यमबाट नागरिकको अवस्था तत्काल बुझ्न र सोको प्र’तिवेदन तयार गर्न समेत भनेको छ। हाल भारतसहित विभिन्न देशमा ४० लाखभन्दा बढी युवा वैदेशिक रोजगारीमा रहेको बताइन्छ।