घर हिंडेका सयौं यात्रु चितवनले जिल्ला प्रवेश अनुमति नदिदा मोवा खोलामा भोकभोकै अलपत्र

चितवन । काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ लगाएतका स्थानबाट घर हिंडेका यात्रु मोवा खोलामा अलपत्र परेका छन् ।जिल्ला प्रशासन कार्यलय चितवनले जिल्ला प्रवेश अनुमति नदिदा उनीहरु अलपत्र परेका हुन् । धादिङ र चितवनको सीमानामा पर्ने मोवा खोलामा सयौं ब्यक्ति अलपत्र पर्दा चितवन प्रशासनले घर पठाउने वा जहाँबाट आएको सोहि स्थनमा पठाउने भन्ने निर्णय लिन सकेको छैन ।काठमाडौंमा रहेर यतिका दिन सम्म गुजारा गरेको भएपनि लकडाउनको समय अवधि थपिएसँगै घर फर्केका मजदूरहरु अलपत्र परेका हुन ।

जिल्ला प्रशासन कार्यलय चितवनले चितवनमा हिंडडुल गर्न नपाईने भन्नु र अन्य जिल्लाका नरोकिदाँ यो समस्या आईपरेको हो ।अन्यत्र जिल्लाले आफ्नो जिल्ला प्रवेशमा रोक लगाएको भए फिर्ता जान सकिने भएपनि चितवन आइपुग्दा चितवन जिल्ला प्रवेशमा रोक लगाईदिदा यात्रुहरु अलपत्र परेका हुन् ।अलपत्रपरेकाहरु बसिरहेको स्थानको स्थानीय निकायमा राहत माग्दा नागरिकताको फोटोकपी नभए सम्म राहात नदिने भनेपछि पैदल हिडेरै भएपनि आफ्नो घर फर्कने खोजेका थिए ।धादिङको सिद्दलेक गाँउपालिकामा ज्याला मजदूरी गर्दै आएका एक ब्यक्तिलाई त्यहाँको गाँउपालिकाले राहत चाहिने भए नागरिकता लिएर आउनु भनेपछि आँफु भोकभोकै मर्नु भन्दा घर सम्म जानपाए केहि हुने भन्दै दुखेसो पोखे ।

यता चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई भने यस बिषयमा केहि प्रतिक्रिया दिन चाहनु भएन् । पटक पटक अब अलपत्र यात्रुलाई के गर्नु हुन्छ जिज्ञासा राख्दै गरिएको प्रश्नमा उहाँले केही बोल्न चाहनु भएन ।अन्य जिल्लाबाट सहजै आएका यात्रुलाई चितवन प्रबेशमा रोक लगाएसँगै रोकिएका गाँउका स्थानीय भने प्रशासन प्रति आक्रोशित भएका छन् ।स्थानीयहरुले धेरै ठूलो संख्यामा यात्रु अलपत्र परेको भन्दै आफूहरु जोखिममा बस्न नक्ने बताउदै आएका छन् ।उक्त स्थानमा समाधान निकाल्न भन्दै मोवा खोला पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी, चितवन प्रहरी प्रमुख, तथा धादिङका सरोकारवालाहरु केहि निचोड ननिकाली यात्रुलाई यत्तिकै छाडेर हिडेका थिए ।