को’रोना म’हामारी मृ’तकको संख्या १ लाख ४५ हजार नाघ्यो, झण्डै २२ लाख संक्रमित

काठमाडौं,विश्वभर म’हामारीका रुपमा फैलिएको को’रोना भाइरसको संक्रमणबाट ज्यान गु’माउनेको संख्या १ लाख ४५ हजार ५०७ पुगेको छ । त्यस्तै विश्वभर को’रोना भाइरस संक्रमितको संख्या २१ लाख ८१ हजार ७५८ पुगेको छ ।२४ घण्टाको अवधिमा ९५ हजार २२ नयाँ संक्रमित थपिएका छन् । अहिले १४ लाख ८९ हजार १८२ विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५६ हजार ६०२ को अवस्था ग’म्भीर छ । ५ लाख ४७ हजार ६९ जना उपचारपछि घर फर्किएका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा शुक्रबार बिहान समाचार तयार पार्दासम्म २ हजार १५९ जनाले ज्यान गु’माएका छन् ।

योसँगै मृ’त्यु हुनेको संख्या ३४ हजार ६०२ पुगेको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ८६१ जनाले ज्यान गु’माएका छन् । यो हिजोको तु’लनामा घ’टेको हो । हिजो १४ सय बढीले जनाले ज्यान गु’माएका थिए । एकैदिन ८६१ जनाले ज्यान गु’माएसँगै मृ’त्यु हुनेको संख्या १७ हजार ९२० पुगेको छ ।बेलायतमा पछिल्लो २४ घण्टामा ८६१ जनाले ज्यान गु’माएसँगै मृ’त्यु हुनेको संख्या १३ हजार ७२९ पुगेको छ । एकै दिन ४ हजार ६१७ जना संक्रमित भएसँगै बेलायतमा को’रोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३ हजार ९३ पुगको छ ।