को’रोनाले लियो बेलायतमा अर्का नेपालीको ज्यान

लण्डन । को’रोना संक्रमणबाट पूर्व गोरखा सैनिक घन्वीर थापा मगरको नि’धन भएको छ ।७५ वर्षीय थापाको बुधबार लण्डनको किँग्स्टन अस्पतालमा नि’धन भएको छोरा भक्त थापाले बताउनु भयो ।पहिल्यैदेखि ब्ल’ड प्रे’सर लो भएका थापाको शरीरमा अक्सिजनको मात्रा कमी भएपछि अस्पताल भ’र्ना भएका थिए । उनी गत मंगलबार अस्पताल भ’र्ना भएका थिए ।पुर्ख्यौली घर पाल्पा गोठादी भएका थापाको हालको बसोबास बुटवलको देवीनगरमा थियो । उनी बेलायतको दक्षिण पश्चिमी शहर न्यू माल्डेनमा श्रीमतीसहित बस्दै आएका थिए ।

अहिले श्रीमती आफ्नै निवासमा सेल्फ आइसोलेसनमा छिन् ।थापाको आ’र्मी नम्बर २११५५६३१ रहेको छ । उनी सेकेण्ड गाेरखा रा’इफल्सका हुन् ।उनको दुई छोरा, एक छोरी छन् । जेठा छोरा र छोरी नेपालमा छन् भने कान्छा छोरा बहराइनमा छन् ।थापा सन् २००९ देखि युकेमा बस्दै आएका थिए ।कान्छा सन्तान बहराइनमा रहेका छन्। हालसम्म कोरोनाका कारण बेलायतमा मृ’त्यु हुनेको सङ्ख्या १३ पुगेको छ।