इतिहास मै पहिलो पटक तेलको मूल्य शुन्य रुपैयाँ भन्दा पनि कम, खरिद गर्नेलाई तेलसहित पैसा पनि

काठमान्डौ , अमेरिकी तेलको मूल्य इतिहास मै पहिलो पटक ऋणात्मक बनेको छ। तेलको मूल्य शुन्य रुपैयाँ भन्दा पनि कम भएको हो । यसको अर्थ तेल बिक्रेताहरुले तेल खरिदकर्ताहरुलाई निशुल्क तेल दिनुको साथै उनीहरुलाई उल्टो पैसा पनि दिईरहेका छन् ।विश्वव्यापी रूपमै लकडाउनका कारण सर्वसाधारणहरू घरभित्रै बस्न बाध्य भएसँगै तेलको माग निकै कम भएको छ। फलस्वरूप तेल कम्पनीहरूले बढी भएको तेल भण्डारण गर्नका लागि ट्याङ्कर भाडामा लिन थालेका छन् र यसले अमेरिकी तेलको मूल्यमा नकारात्मक प्रभाव पारेको छ।

तेल राख्नु भन्दा सित्तैमा दिएर पैसा पनि दिनु सस्तो भएको हो ।अमेरिकी तेलको मानक वेस्ट टेक्सस इन्टरमीडिएटको प्रतिब्यारेल मूल्य माइनस ३७.६३ अमेरिकी डलरमा झरेको छ। ब्रेन्ट क्रुड भनिने अन्तर्राष्ट्रिय मापदण्डको तेलको मूल्यमा पनि गिरावट आएको छ ।८.९ प्रतिशतले तल झर्दै उक्त तेलको मूल्य प्रतिब्यारेल २६ अमेरिकी डलर पुगेको छ। लकडाउन जारी रहे अमेरिकामा तेलको जुन महिनाको मूल्यमा पनि गिरावट आउन सक्ने जानकारहरूले बताएका छन्।