मुम्बई — अभिनेता इरफान खानको स्वास्थ्यमा समस्या देखिएपछि मुम्बईस्थित कोकिलाबेन अस्पतालको आईसीयूमा भ’र्ना गरिएको छ । उनको स्वास्थ्य अवस्थामा स’मस्या आएपछि अस्पताल भर्ना गरिएको जानकारी दिए पनि उनलाई के भएको हो भन्ने भने खुलाइएको छैन ।इरफानका परिवारले पनि आधिकारिक रुपमा केही जानकारी दिएका छैनन् । तर इरफानका एक प्रवक्ताले भने उनलाई अस्पताल भ’र्ना गरिएको पुष्टि गरेका छन् । उनले भने, ‘हो, इरफान खानलाई मुम्बईको कोकिलाबेन अस्पताल भर्ना गरिएको छ ।

उहाँलाई को’लोन इ’न्फेक्सन भएको छ । हामी उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिइरहनेछौं । अहिले उहाँ चिकित्सकको नि’गरानीमा हुनुहुन्छ । उहाँको श’क्ति र सा’हसका कारण अहिलेसम्म यो रो’गसँग ल’ड्दै आउनु भएको छ । हामी विश्वस्त छौं कि उहाँको अ’पार इच्छा श’क्ति र उहाँलाई माया गर्ने सबैको प्रा’र्थनाले चाँडै नै नि’को हुनुहुनेछ ।’ गत वर्ष लन्डनमा उपचार गराएर फर्केपछि इरफान मुम्बईको को’किलाबेन अस्पतालकै डाक्टरको नि’गरानीमा नि’यमित रुपमा स्वास्थ्य जाँ’च गराइरहेका छन् ।‘अंग्रेजी मिडियम’ छायांकनका बेला पनि उनको स्वास्थ्यमा स’मस्या आएको बताइएको थियो ।

उनको स्वास्थ्य अवस्थाका कारण केही समय छायांकन पनि रो’किएको थियो ।गत शनिबार बिहान मात्र उनकी आमा स’इदा बे’गमको ९५ वर्षको उमेरमा नि’धन भएको थियो । को’रोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण उनी आमाको अ’न्तिम संस्कारमा जान पाएनन् । उनी भिडियो कन्फरेन्समार्फत आमाको अन्तिम सं’स्कारमा सहभागी भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । भारतमा मे ३ सम्म लकडाउन लम्ब्याइएको छ ।५४ वर्षीय इरफान खान न्यूरोएन्डोक्राइन ट्यु’मरबाट ग्र’सित छन् । उनी यसको लन्डनमै उपचार गराइरहेका थिए ।