ओखलढुंगा ‘मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष’लाई सुझाव !

१ बैशाख २०७७, आईतवार खिला श्रेष्ठ ,विकास र नेतृत्वको हिसाबले समृद्धिको अपार सम्भावना बोकेको स्थानीय तह हो ओखलढुंगाको मानेभञ्ज्याङ गाउपालिका । यसको नेतृत्व समालेका अध्यक्ष मोति राज राइ जनताको नजरमा आफैमा अनुभवी र बौद्धिक रुपमा हेर्ने गरिन्छ । नेतृत्व सहि हुदाँ हुँदै पनि मानेभञ्ज्याङ गाउपालिकामा हुने हरेक गतिविधिहरुलाई लिएर पटक पटक सामाजिक संजालमा चर्को बिरोध भईरहेको हुन्छ ।पटक पटक यसो किन हुन्छ नेतृत्व समाल्नु भएको अध्यक्ष यसप्रति गम्भीर भएर सोच्न जरुरी छ ।

गलत प्रवृती र सोच भएका, आफ्नो पद र शक्तिको दुरुपयोग गर्ने चाहे जनप्रतिनिधि नै किन नहुन, चाहे कर्मचारीतन्त्र या अरु जो कोहि ?समृद्ध मानेभञ्ज्याङ निर्माणको अभियानका बाधक सबैलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ । प्रतिपक्ष र युवाहरुको आवाज सुन्न नेतृत्व तयार हुन जरुरी छ । हामी लोकतन्त्रमा अनुयायी हौ । लोकतन्त्रको अभ्यास गरिरहेका छौँ ।लोकतन्त्रमा बहुमतको शासन र अल्पमतको कदर हुन्छ । जनता प्रती सरकार उत्तरदायित्व हुन्छ । जनमतको कदर हुन्छ । प्रतिपक्षलाई मिलाएर विकास निर्माणमा हातेमालो गर्न जरुरी छ ।

प्रतिपक्ष पनि सामाजिक संजालमा बिरोध मात्र हैन विकास र समृद्धिको रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ । सामाजिक संजालको सहि सदुपयोग गर्नु हामी सबैलाई आवश्यक ठानेको छु ।गाउपालिकाको अध्यक्ष सँग जोडिएको विषय त पक्कै हुन नराम्रो कामको खवरदार नेतृत्व बाटै समाधान हुनुपर्छ । समृद्ध, सुन्दर मानेभञ्ज्याङ अभियान तपाईको नेतृत्व बाट जनताले अपेक्षा गरिरहेका छ्न । मेरो अपेक्षा पनि त्यही हो समृद्ध मानेभञ्ज्याङ सपना मेरो सन्ततिले अर्थात हामी पछिको अर्को नयाँ पुस्ताले फेरि त्यही समृद्ध मानेभञ्ज्याङको सपना देखिरहन नपरोस् ।

यसलाई विपनामा साकार परियोस् ।तर गाउपालिकामा भईरहेका निर्णय र कर्मचारी नियुक्तिमा हुने राजनीति चलखेल, कर्मचारीतन्त्र, राजनीति गतिविधिमा संलग्न, वडा अध्यक्ष ज्युहरुको विकास निर्माणका हरेक गतिविधिहरु केलाएर हेर्दा म कत्ती पनि आशावादी छैन् । निराशा को दियो बलेको छ, आशाको किरण निभेको छ।यसै विज्ञापनमा अहेव, अनमि पदमा राजनितिक चलखेल भएको र सत्य तथ्य बास्तविक्ताको माग गर्दै प्रतिपक्षी दलका नेता लगायत अन्य युवा अभियान्ताहरुको सामाजिक संजालमा चर्को बिरोध गरेका छन् ।

यसै बिषयलाई लिएर सामाजिक संजालमा मानेभञ्ज्याङ गाउपालिकाका केही कर्मचारी जो परिक्षा समितिमा समेत बसेकाहरुको अमर्यादित, असभ्य र राजनितिक आस्थाका आधारमा अभ्रद प्रतिक्रिया दिईरहेको देख्दा तपाईले भनेको कुरा सम्झाउदै सामाजिक संजालमा सबै मर्यदित र सभ्य हुने बताउनु भएको थियो । गाउपालिका कै कर्मचारीहरु बाट यसो नहुदा यस प्रती तपाई गम्भीर हुनुहुनेछ भन्ने बिश्वास लिएको छु ।

अर्को घटनाको पनि स्मरण गराउन चाहन्छु,तपाईंहरु बाट नै सस्तो लोकप्रियताका लागि गरिएको गाउपालिकाको निर्णय जनप्रतिनिधीका छोराछोरी सरकारी विद्यालय पढाउनु पर्ने निर्णयको उल्लघन जनप्रतिनिधिहरु बाटै उल्ल्घन भईरहेको छ ।यो किमार्थ सत्य हो । यो निर्णयको कार्यन्वयन कहाँ सम्म पुग्यो या निर्णय खारेज गरिएको हो ?निर्णय कार्यन्वयन भए जस्तो लाग्दैन । निर्णय सस्तो लोकप्रियता मात्र भएको महसुस आम जनताहरुले गरिरहेका छन् । जसले नेतृत्व माथि प्रश्न चिन्ह खडा गरेको छ ।यसप्रति गम्भीर हुन विशेष आग्रह गर्दछु ।

निर्णय उल्लंघन भएको प्रमाण आवश्यक परेमा प्रमाण समेत उपलब्ध गराउन तयार रहेको छु । एकचोटि आत्मसमिक्षा गरौ तपाईंले लिएको र मानेभञ्ज्याङ जनताले देखेको समृद्ध, सुन्दर मानेभञ्ज्याङ को सपनाका बाधक तत्व कतै शासन सत्ताको बागडोर समालेको तपाईं जनप्रतिनिधिहरु आफै त कतै हैन । एकचोटि दृढ भएर सोचौ अनि बितेको २ बर्षको स्मरण गरौ र आगामी दिनहरु यस्ता गल्तिहरु पुन नदोर्होयाउने अठोट गरौ र अन्तिममा हाल बिस्वब्यापी फैलिएको COVID 19 (कोरोना भाइरस ) फैलिन नदिन सचेतना गाउँ-गाउँमा परिक्षण होस साथै यो माहामारिमा भोकभोकै मर्न नपरोस् धन्यवाद ।।।खिला श्रेष्ठ मानेभञ्ज्याङ ५,धिमिले हाल: काठमाडौं