खोप पत्ता लागोस् वा नलागोस्, अमेरिका खुल्छ : ट्रम्प

एजेन्सी , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरूद्धको खोप तयार भएपनि नभएपनि अमेरिका खोल्ने वाचा गरेका छन्। उनले कोरोनाविरूद्धको खोप वर्षको अन्तसम्म बनाइसक्ने उदेश्य रहेको बताउँदै यस्तो बताएका हुन् ।ट्रम्पले वैज्ञानिकहरुलाई यस वर्षको अन्तसम्म कोरोना भाइरस खोप तयार पार्ने हिसाबले गति बढाउन भनेका छन्। तर, विज्ञहरूले खोप सफल परिक्षण गर्न १८ महिनाभन्दा बढी लाग्न सक्ने बताउँदै आएका छन्। ट्रम्पले कोरोना विरूद्धको खोप योजनालाई दोश्रो वि’श्वयुद्धको बेलामा अमेरिकाले संसारको पहिलो आ’णविक ब’म बनाउँदाको ‘अ’परेसन र्‍या’प स्पी’ड’ योजनासँग तुलना गरेका छन्।

तर, ट्रम्पले खोप नबने पनि अमेरिकीहरू सामान्य जीवनमा फर्किनुपर्नेमा जो’ड दिएका छन्। शुक्रबार ह्वाइट हाउसको रो’ज गार्डेनमा आ’योजित पत्रकार सम्मेलनमा ट्रम्पले खोप निर्माण योजना संभावित १४ वटा खोप नमुनाको अध्ययनबाट अघि बढ्ने बताए। ‘यो भनेको बृहत र छिटो हो’, उनले भने, ‘ म्यानह्याटन योजना यताकै यो एउटा ठूलो वैज्ञानिक, औधोगिक र ता’र्किक प्रयास हो।’ यसक्रममा राष्ट्रपति ट्रम्पले पूर्व स्वास्थ्य कार्यकारीसमेत रहेका एक सै’निक ज’नरलको नाम लिदैं ती जनरलले सरकार र निजी क्षेत्रको सा’झेदारीमा चल्ने यस योजनाको ने’तृत्व लिने बताए।

योजनाको खोप विभागको नेतृत्व ग्ला’क्सोस्मिथक्लिने औषधि कम्पनीको कमान स’म्हालिसकेका मोन्सेफ स्ला’उइले सम्हाल्नेछन् भने जनरल गुस्ताभ पेर्नाले प्रमुख अ’परेटिङ अफिसको कमान स’म्हाल्नेछन्। पत्रकार स’म्मेलनमा ट्रम्पपछि बोलेका स्लाउइले यसैवर्षको अन्तसम्ममा केही लाख खो’पहरू तयार भइसक्नेमा आफू वि’श्वस्त रहेको बताए। यसअघि न्यूयोर्क टाइम्सलाई दिएको अन्तरवार्तामा उनले दिइएको समयसीमा महत्वाकांक्षी भएको भएपनि सम्भव देखिएकाले त्यसमा प्र’तिबद्धता जनाएको बताएका थिए। धेरै विशेषज्ञहरूले खोपले मात्र अमेरिकी जनतालाई अर्थव्यवस्था पूर्णरुपमा खोल्ने आ’त्मविश्वास दिने बताउँदै आएका छन्।

‘म मानिसहरुलाई सबै कुरा खोपमा नि’र्भर गर्छ भनेर नसोच्न भन्छु’, ट्रम्पले भने, ‘खोप होस् या नहोस् हामी फर्किन्छौं। हामीले प्रक्रिया सुरु गरिसकेका छौं।’ ‘थुप्रै केसमा खोपहरू छैन। भाइरस वा फ्लु आउँछन् र हामीले त्योसँग ल’ड्नुपर्छ’, उनले थपे, ‘अरू कुराको कहिल्यै खोप बनेनन् र ती गए।’ यसैगरी ट्रम्पले स्कूलहरू छिट्टै सुरू हुने पनि बताए। तर, केही स्वास्थ्य विज्ञहरू ह्’वाइट हाउसले प्रस्तावित समय अवधिमा खोप विकास र वितरणबारे सचेत छन्। ‘यो कसरी सम्भव हुन्छ भनेर म बुझ्दिन। खोपको विकास २०२१ को तेस्रो चौमासिकमा मात्र हुने सम्भावना देख्छु’, ट्रम्पको घोषणापछि बेल्लर कलेजमा मेडिसिन कोरोना भाइरस भ्याक्सिन टीमका सह-निर्देशक डाक्टर पीटर होटेजले सिएनएनसँग भने।

जोन्स हपकिन्स युनिभर्सिटीका अनुसार अमेरिकामा संक्रमित संख्या १.४ मिलियन बढी भइसकेको छ। यसैगरी संक्रमणबाट ८६ हजार बढीको गइसकेको छ। तर विभिन्न राज्यहरूले अर्थव्यवस्था ध’राशयी भएको भन्दै स्वास्थ्य विज्ञहरूको चे’तावनीका बा’बजुत राज्य खोल्न सुरू गरिसकेका छन्।