दार्चुलाको घा’टीबगरमा नेपाली सेना, व्याँस जाने बाटो खोलिने

प्रकाश चन्द्र भट्ट, महाकाली करिडोर अन्तर्गत रहेको दार्चुला तिं’कर सडक खण्डको ८७ किलोमिटर ट्रयाक खोल्ने कार्य सुरु हुने भएको छ । बैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले सडकको कूल १३४ किमिमध्ये ८७ किमि सडक खण्डको ट्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय अनुसार उक्त घा’रेटो बाटोको ट्रयाक खोल्ने कार्य सुरु गरिने दु’र्गादल गु’ल्म दार्चुलाका गु’ल्मपति श्यामराजा विक्रम थापाले जानकारी दिए । बिहीबार नेपाली सेनाको टोली व्याँस गाउँपालिका २ घाँ’टीबगरमा पुगेको छ ।घाँ’टीबगरमा ४५० मिटर गोरेटो बाटो निर्माण कार्य सेनाले गर्ने उहाले बताए ।

निर्माण कार्यको लागि द’क्ष प्राविधिक ज’नशक्ति ख’टिइसकेको उहाले जानकारी दिए । थप सु’रक्षा तथा ब’न्दोबस्तीको निमित्त आवश्यक उपकरण एवं अन्य सामाग्रीहरु हेलिकप्टर मार्फत ओ’सारपसार भइरहेको छ । सरकारको निर्णय बमोजिम महाकाली करिडोर (दार्चुला टिं’कर सड्क योजना) अन्तरगत ८७ किलोमिटर सडकखण्ड नेपाली सेना मार्फत निर्माण गराउने निर्णय भएको हो ।जिल्ला सदरमुकाम खलंगाबाट व्याँस क्षेत्र जान व्याँस गाउँपालिका २ मा पर्ने मौ’री भिरमा क’डा च’ट्टानी भाग र घाँ’टीबगर भन्ने स्थानमा पहिरो समेत गएकोले व्यासीहरु भारतीय बाटो प्रयोग गर्न बा’ध्य छन् ।व्यासीहरुको समस्यालाई ध्यानमा राखेर सेनाले तत्काल ट्याक खोल्न पहल गरेको हो ।

उक्त बाटो सुचारु भएपश्चात स्थानीय बासिन्दा नेपालकै भूमी प्रयोग गरी आवत जावत गर्न सक्नेछन् ।आर्थिक वर्ष ०६५÷६६ बाट निर्माण सुरु भएको यस सडकको काम लामो समयदेखि सम्पन्न हुन सकेको छैन् । समयमै निर्माण कार्य सम्पन्न हुन नसक्दा बेलाबेला यसको ठेक्का नेपाली सेनालाई दिने कुराहरु उठेका थिए । यो सडक खण्डमा हालसम्म ४० किलोमिटर सडक खण्डमा मात्रै साधारण बाटो खुला गरिएको छ । दशकौ देखी कछुवा गतिमा निर्माण कार्य भइरहेको उक्त सडक खण्डको जिम्मेवारी पछिल्लो समय नेपाली सेनाले पाएपछि स्थानियबासी खुसी भएका छन् । घोरेटो बाटो सुचारु भएपछि व्याँसका स्थानियहरुलाई नेपालकै बाटो प्रयोग गरेर आफ्नो ब’न्दोबस्तीका समान ढुवानी गर्न समेत सहज हुनेछ ।