गर्भवती लिएर हिँडेको एम्बुलेन्सलाई बाघले घेरे, एम्बुलेन्सभित्रै जन्मियो बच्चा

काठमान्डौ , कोरोनाभाइरसका कारण लकडाउन भएपछि बाहिरी क्षेत्रमा चहलपहल ह्वात्तै घटेको छ ।मानिसहरु घरभित्रै भएपछि बाहिरी खुल्ला क्षेत्रमा जंगली जनावर स्वतन्त्र घुम्न थालेका छन् । भारतको गुजरातमा यस्तै रोचक घटना भएको छ ।एम्बुलेन्समा गर्भवती महिलालाई लिएर हिँडेको एम्बुलेन्सलाई आधा रातमा बाघहरुले घेरेपछि महिलाले एम्बुलेन्समै बच्चालाई जन्म दिएकी छिन् । २० मेको रात करिब १० बजेर २० मिनेटको समयमा गडढाको भाखा गाउँकी अफसाना सबरिश रफिकलाई अचानक व्यथा लाग्यो ।

महिलाले पीडाले बेहाल थिइन् । परिवारले उनको नाजुक अवस्था देखेर तत्कालै एम्बुलेन्सलाई फोन गरे ।एम्बुलेन्स आएर महिलालाई लिएर अस्पतालतिर हिँड्यो । तर, बाटोमा ४ वटा बाघहरुले एम्बुलेन्सको बाटो रोके । यी बाघहरु एम्बुलेन्सको बाटो रोकेर बसेको देखिएको थियो ।बाघलाई बाटोबाट हटाउन कसैले हिम्मत गर्न सकेनन् । बाघहरु झुण्डमा थिए र रातको समय भएकोले सबै डराएका थिए । महिलाको हालत बिग्रिँदै थियो ।अन्ततः एम्बुलेन्समा रहेका अपतालका प्राथमिक उपचार कर्मचारीले नै हिम्मत गरेर महिलालाई सुत्केरी गराए ।

महिलाले छोरी जन्माइन् । यो पूरै घटनाक्रममा क्रममा चारवटै बाघहरु गाडी वरिपरि घुमिरहे ।२० मिनेटपछि बच्ची जन्मिएपछि बल्ल बाघले बाटो छोडे अनि महिलालाई अस्पताल पुर्याइयो । महिला र बालिका स्वस्थ्य अवस्था अहिले सामान्य छ ।बाघहरु हटेपछि मात्र महिलालाई अस्पताल पुर्याउन सकिएको थियो ।एजेन्सी