कोरोना संक्रमितको संख्या ५०० नाघ्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार दिउँसो थप २० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या पाँच सय नाघेको हो। बाँके,डडेल्धुरा,कैलाली,मोरङ र बैतडीमा गरि आजै थप २० जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले बाँके नैरनापुरका १३ जना पुरुष र बाँकेकै अर्का १,कैलालीमा ३ जना पुरुष छन् ।

त्यस्तै डडेल्धुरा परशुराम १० का २८ वर्षका एक पुरुष,बैतडी शिवनाथ १ का २२ वर्षका एक जना पुरुष र मोरङका १ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।आजै बिहान कपिलवस्तु,सर्लाही र पूर्वी नवलपरासी,सुस्ता परासी र चितवनमा गरि ३० जनामा कोराना संक्रमण देखिएको थियो । हालसम्म ७० जना निको भएर घर गएका छन् ।