बैतडीमा पहिलो पटक कोरोना देखियो

प्रकाश चन्द्र भट्ट, बैतडीमा पहिलो पटक एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा रहेका एक व्यक्तिमा शुक्रवार कोरोना पुष्टि भएको हो । जिल्लाको शिवनाथ गाउँपालिकाका २३ वर्षका युवक २२ दिनदेखि कर्तव्य ज्यान मु’द्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बैतडीको हि’रासतमा थिए । थु’नुवामा कोरोना देखिएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सि’ल गरिएको छ । साथै थु’नामा रहेका युवकमा कोरोना पुष्टि भएपछि अन्यलाई समेत त्रा’स बढेको छ ।

गत चैत ६ गते भारतको दिल्लीबाट घर आएका २३ वर्षका युवक वैशाख १५ गतेदेखि क’र्तव्य ज्या’न मु’द्दाको अनुसन्धानका लागि थु’नामा रहेका थिए । युवकको ढि’लो गरी भएको स्वाब परीक्षण (पीसीआर) रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सिल गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए । संक्रमण देखिएका युवकलाई आइसोलेशन कक्षमा राख्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिए । बैतडी संगै सुदूरपश्चिमका ५ जनामा कोरोना पुष्टी भएको छ ।