निर्माण समाग्रीमा पनि ब्रम्हलुट, लकडाउनका कारण अभाव देखाएर बढि रकम अशुल्दै व्यवसायी

कञ्चनपुर,कोरोना कहर महामारीका बेला कञ्चनपुरमा नुनदेखि औषधीसम्म महालुटै लुट छदैछ । जिल्ला स्थित संयुक्त बजार अनुगमन टोलीले पनि किराना पसलदेखि, एग्रोभेट र औषधी पसलसम्म महालुट मच्चाएको पाएको छ । म्याद गुज्रिएका दैनिक उपभोग्य समानदेखि औषधीसम्म बढि रकम लिएर भिडाउँदै आएको संयुक्त बजार अनुगमन समितिले ठहर गरेको छ ।हुन त लकडाउन यता कञ्चनपुरमा नुनदेखि औषधीसम्म केही समाजविरोध व्यवसायी एव मेडिकल संचालकले महामारीको घाउ बिर्सिएर कालोबजारी गर्दै आएका छन् ।बिहीबारमात्रै महेन्द्रनगरका दुई व्यवसायीमाथि कारोबजारी गरेको भन्दै २० हजारका दरले जरिवाना गरेको थियो ।

हार्डवेयर तथा निर्माण समानमा पनि ब्रम्हलुट मच्चिएको छ । लकडाउनका कारण समान अभाव देखाएर व्यवसायीले ब्रम्हलुट मच्चाएको उपभोक्ताले दुखेसो पोखेका छन् ।सरकारले अत्यावश्यक समाग्रीको आपूर्ति भईरहेको जनाएपनि केही हार्डवेयरका व्यवसायीले मौकाका चौका हान्नका लागि बढि रकम अशुलिरहेको गुनासो छ । सिमेन्ट, सरिया, विभिन्न हार्डवेयर एव निर्माण समाग्रीको अभाव देखाएर बढि रकम अशुलिरहेको भन्दै उपभोक्ताले स्थानीय सरकार र प्रहरी प्रशासनसंग हार्डवेयर निर्माण समाग्रीका पसलमा सुक्ष्म अनुगमन एव निगरानी गर्न अनुरोध गरिरहेका छन् ।

खुलेयाम बढि रकम लिएर समान बिक्रि गर्दा समेत स्थानीय सरकार र प्रशासनले कालोबजारी गर्ने व्यवसायीलाई छुट दिएको उपभोक्ताको गुनासो छ ।लकडाउनका कारण समाजिक दुरी कायम गरेर घरदेखि विभिन्न सरचना निर्माण गरिरहेका स्थानीयले समान खरिद गर्न जाँदा व्यवसायीले शुरुमा मागेको समानै नभएको र मगाईदिने यतिउति पैशा लाग्ने भन्दै बार्किनिङ्ग गर्दै आएको बताएका छन् । महेन्द्रनगरका राजेन्द्र कुँवरले लकडाउन अघि ७ हजारमा पाईने सिमेन्ट अहिले ८ हजार बढि र सिमेन्ट ६ सय २० मा पाईने ९सय बढि रकम अशुलिरहेको बताए ।

‘लकडाउन अघि र पछिको मुल्यमा काफि बृद्धि गरिएको छ, ‘उनले भने, ‘त्यो पनि व्यवसायीसंग लामो बार्किनिङ्ग गरेर ।’ उपभोक्ताको डाढ सेक्दा पनि व्यवसायीमाथि छुट दिएको उनको गुनासो छ ।कञ्चनपुरको महाकाली, भीमदत्त, बेदकोट, बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडी, कृष्णपुर, शुक्लाफाँटा क्षेत्रमा स्थानीयले व्यवसायीको चर्को मुृल्यका कारण हैरान भएको बताएका छन् । लकडाउन केही निश्चित व्यवसायीका लागि अवैध कमाउने धन्दा बनेकाने गुनासो पोखेका छन् । यतिबेला व्यवसायीले महासंकटको घडीमा उपभोक्तालाई राहत दिनुको साटो साविक मुल्यमा बिक्रि नगरेर चर्को रकम अशुलिरहेको भन्दै महासंकटमा महालुट नगर्न उपभोक्ताले आग्रह गरिरहेका छन् ।

व्यवसायीले बढि रकम नलिएको दावि गरेपनि उपभोक्ताले भने ढाडसेक्ने हिसाबले रकम लिईरहेको गुनासो गर्न छाडेका छैनन् ।उपभोक्ता हित संरक्षण मञ्च नेपाल सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष प्रभुनिधी पन्तले सरकारी निकाय र राजनीतिक दलले भूमिका निर्वाहमा कमि भएको बताए । ‘अहिले धेरै सरकारी कार्यालय बन्द छन, ‘उनले भने, ‘त्यहीबाट जनशक्ति ल्याएर बजारमा प्रभावकारी सुक्ष्म अनुगमन गर्नुपर्छ ।’ गलत गर्ने जो सुकै व्यवसायी किन नहोस कार्बाही गर्नुपर्ने उनको भनाई छ । देशमा तीन सरकार हुँदा पनि अनुगमन त्यही अनुरुप एकसाथ गर्दै उपभोक्ताको अधिकार सुनिश्चित गर्नुपर्ने उनको सुझाव छ ।