अमेरिकालाई पछ्याउँदै ब्राजिल: अमेरिकामा एकैदिन २४ हजार संक्रमित, ब्राजिलमा २० हजार थपिए

काठमाडाैँ, १० जेठ । पछिल्लो समय कोरोना भाइरस (कोभिड– १९) महामारीको नयाँ केन्द्र बन्दै गएको छ— दक्षिण अमेरिकी मुलुक ब्राजिल । त्यहाँ पछिल्ला केही दिनमा तीव्र रुपमानयाँ केसहरू फेला परेका छन् र संक्रमित संख्याको आधारमा विश्वकै दोस्रो देश बनेको छ ।विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डोमिटर्सका अनुसार शुक्रबार ब्राजिलमा एकै दिन २० हजारभन्दा बढी मानिसमा थप कोरोना भाइरस संक्रमण रहेको पुष्टि भयो । यसअघि बुधबार (मे २०) का दिन ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हालसम्मकै बढी दैनिक नयाँ केस फेला परे ।

त्यस दिन २१ हजार ४७२ नयाँ संक्रमित फेला परेका थिए । बिहीबार पनि त्यहाँ एकै दिन १७ हजार ५६४ नयाँ संक्रमित थपिएका थिए ।यससँगै ब्राजिल विश्वमा कोरोना संक्रमित देशको लहरमा दोस्रो स्थानमा आएको छ, बिहीबारसम्म तेस्रो स्थानमा थियो । उसले रुसलाई समेत पछि पारेर अहिले संयुक्त राज्य अमेरिकालाई पछ्याउन थालेको छ । त्यहाँ हालसम्म संक्रमित संख्या ३ लाख ३२ हजार ३८२ पुगेको छ ।अहिलेसम्म विश्वमा सबैभन्दा बढी कोरोना संक्रमण र मृत्युका केसहरु संयुक्त राज्य अमेरिकामा नै रहेका छन् ।त्यहाँ हालसम्म १६ लाख ४५ हजारभन्दा बढीमा कोरोना संक्रमण फैलिएको छ भने ९७ हजार ६४७ मानिसले ज्यान गुमाइसकेका छन् ।

शुक्रबार मात्र अमेरिकामा २४ हजार १९७ नयाँ संक्रमित थपिएका छन् भने १ हजार २९३ जनाको ज्यान गएको छ ।ब्राजिलमा शुक्रबार एकै दिन कोरोना संक्रमणका कारण १ हजारभन्दा बढीको ज्यान गएको छ । बिहीबार पनि त्यहाँ एकै दिन १ हजार १८८ जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ । यो नै ब्राजिलमा दैनिक मृ’त्युका घ’टनामा हालसम्मकै सर्वाधिक हो । यससँगै ब्राजिमा कोरोना संक्रमणबाट अहिलेसम्म २१ हजार ११६ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांले देखाएको छ ।यसैगरी ब्राजिलमा संक्रमितमध्ये १ लाख ३५ हजारभन्दा बढी चाहिँ निको भइसकेका छन् ।

हाल १ लाख ७५ हजारबढी मानिसमा कोरोना भाइरस सक्रिय छ । ब्राजिलमा मृ’त्युदर ६ प्रतिशतभन्दा बढी देखिएको छ, जबकि अमेरिकामा ५.९३ प्रतिशत रहेको छ । तर ब्राजिलमा निकाे हुने दर भने बढी छ । त्यहाँ कुल संक्रमितकाे ४० प्रतिशत बिरामी निकाे भइसकेका छन् जबकि अमेरिकामा केवल २४ प्रतिशत मानिसमात्र निकाे भएका छन् ।संक्रमणका हिसाबले ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा रहे पनि मृ’त्युका हिसाबले भने अमेरिकापछि बेलायत दोस्रो स्थानमा छ । बेलायतमा अहिलेसम्म कोरोनाका कारण ३६ हजारभन्दा बढीले ज्यान गु’माइसकेका छन् ।