एक महिला जनप्रतिनिधिमा कोरोना पुष्टि भएसँगै भक्तपुर मालपोत आसपासको बस्ती सिल

भक्तपुर । भक्तपुर नगरपालिकाको एक महिला जनप्रतिनिधिमा कोरोना भाइरस कोभिड १९ को संत्रमण पुष्टि भएसँगै मालपोत आसपासका बस्ती सिल गरिएको छ ।प्रहरीले संक्रमित महिला बसोवास गर्ने क्षेत्र भक्तपुरको वडा नम्वर ९ स्थित टुमचो दुगुरे स्थित मालपोत कार्यालय आसपास क्षेत्रलाई सिल गरेको हो ।कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले शुक्रवार पुष्टी गरेका ९ जना मध्य एक ४२ बर्षीय कोरोना संक्रमित भक्तपुर नगरपालिका वडा नम्वर ९ का महिला सदस्य रहेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

प्रजापतिका अनुसार शुक्रबार २९ जना जनप्रतिनिधिको रिपोर्ट आएको थियो जसमा २८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने एक जनाको मात्र रिपोर्ट पोजेटिभ आएको थियो ।प्रहरीले संक्रमित महिलालाई उपचारको लागि शुक्रबार राति नै पाटन अस्पताल पुर्‍याएको र परिवारको अन्य सदस्यलाई निगरानीमा राखिएको बताएको छ ।