चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कुनै पनि संक्रमण पाइएन

एजेन्सी, १० जेठ । चीनमा महामारी फैलिएपछि पहिलो पटक पछिल्लो २४ घण्टामा कोरोनाको भाइरसको कुनै पनि संक्रमण नपाइएको जनाइएको छ ।गत वर्षको अन्त्यमा चीनको वुहान शहरबाट सुरू भएको कोरोना भाइरसको संक्रममणको महामारीले अहिले सम्पूर्ण विश्वलाई समेटेको छ । तर मार्चमा कोरोना संक्रमणमा धेरै कमी आयो । त्यसको पछाडि एक मात्र कारण मानिएको छ लकडाउन ।यद्यपि समाचार एजेन्सी रोयटर्सका अनुसार चीनमा बाहिर देशबाट आएका मानिसहरूमा संक्रमणको घटना बढिरहेको छ ।

ती मध्ये अधिकांश चिनियाँ नागरिक रहेका छन् जो विदेशबाट फर्केका छन् ।हालको हप्ताको पूर्वीउत्तर चीनका सीमावर्ती जिलिन र हेइलान्गजियान्ग प्रान्त कोरोना संक्रमणको केन्द्र बन्दै गइरहेको थियो । वुहानमा पनि यस महिनामा केही इलाकामा संक्रमण भेटियो ।त्यहाँ आठ अप्रीलमा लकडाउन हटाएको थियो । त्यसपछि त्यहाँ अधिकारीहरुले चेतावनी दिए कि महामारीलाई रोक्नका लागि लागू गरिएको उपायलाई ढिला गर्नु हुदैन ।यता वुहानका लागि एक करोड १० लाख बासिन्दाहरुको टेष्टका लागि अभियान सुरु गर्ने तयारी पनि गरिएको छ ।