Breaking: फेरी थपिए ३६ जना कोरोना संक्रमित, संक्रमितको संख्या ५८४ पुग्यो

काठमाडौं, नेपालमा फेरी थप ३६ जनालाई कोरोना पुष्टि भएको छ ।यो संगै कोरोना संक्रमितको संख्या ५८४ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार थप ३६ जनामा कोरोना पोजेटिभ देखिएको देखिएको हो ।कोरोना संक्रमण देखिनेमा कोरोना निको हुनेको संख्या ७० पुगेको छ । कोरोना संक्रमण देखिने जिल्ला ४० पुगेको छ । मन्त्रालयका अनुसार आइसोलेसनमा ५०७ जना छन् । सातै प्रदेशका क्वारेन्टाइनमा ३२ हजार ५८७ जना रहेका छन् ।

शनिबार दिउँसो स्वास्थ्य मनत्रालयका प्रवक्ता डा विकास देवकोटाले दिएको जानकारी अनुसार नयाँ संक्रमितहरु रहेका बैतडीमा ४ जना, झापाका १ जना, बाँकेका २७ जना, बर्दियाका १ जना र सुर्खेतमा ३ जना रहेका छन् ।नेपालमा अहिलेसम्म ३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।