छाती दुखेर अस्पताल जादै गर्दा पूर्वयुवराज पारस चढेको गाडी दु’र्घटना

१० जेष्ठ २०७७, शनिबार पोखरा,/ पूर्वयुवराज पारस शाह चढेको गाडी पोखरामा दु’र्घटनामा परेको छ । शुक्रबार राति शाह चढेको बा १४ च २१३१ नम्बरको गाडीले पोखराको पृथ्वीचोकमा सडकमा रहको बाच्छोलाई ठ’क्कर दिएको हो ।गाडीको ठक्करले बाच्छो म’रेको छ । प्रहरीले सवारी चालक अशोक गुरुङ र गाडी नियन्त्रणमा राखेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।पूर्वयुवराज शाहलाई शुक्रबार मध्यरातमा छाती दुखेपछि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लैजान क्रममा दुु’र्घटना भएको हो ।

चालक गुरुङ पारसका नियमत चालक नभएर सहयोगी भएको उनले बताए । गाडीमा चालक सहित ३ जना थिए ।जसमध्ये एक जना स्वास्थ्यकर्मी भएको एसपी कार्कीले बताए । दु’र्घटनापछि पारसका सहयोगीले अर्को गाडीमा राखेर अस्पताल पु¥याएका थिए ।अस्पतालले शाहको स्वास्थ्य परीक्षणपछि अवस्था सामान्य रहेको भन्दै पठाइदिएको थियो । चालकलाई का’नुन अनुसार का’र्वाही गर्ने कार्कीले बताए ।