एउटै केराको घारीमा फल्यो सयौ कोसा, हेर्ने मानिसको भीड (भिडियो)

१० जेष्ठ २०७७, शनिबार काठमाडौं – कहिलेकाही फलफुल तथा तरकारीहरु सोचेको भन्दा धेरै फल्ने गर्छ । कृषी प्रदर्शनीमा पनि हामिले धेरै र ठुलो फलेका तरकारी तथा फलफुल देखेका हुन्छौ । कहीकाही किसनले रोपेको फलफुल तथा तरकारी नपत्याउदो तरिकाले फल्ने गर्छ । यस्तै पछिल्लो समय एक केराको घारीको निकै चर्चा चलिरहेको छ । एक भिडियोमा एउटै केराको घारीमा सयौ कोसा फलेको देखिएको छ । एउटै केराको घारीमा सयौ कोसा केरा फलेको हेर्न धेरै मानिसहरुको भीड लागेको देखिन्छ ।

केराको घारीमा कोसा फल्दै जादा केराको बोड नै निहुरीएको छ । अझ केराको घारीले तल भेटेपछि खाल्टो समेत खनिएको छ । केरा हेर्दा अझै फुल लाग्नै लागेको देखिन्छ । यो अनौठो लाग्दो भिडियो शुशान्त नन्दाले सामाजिक सञ्जालमा शेयर गरेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस