रोजगारीका लागि भारत गएका स्याङ्जा हरिनासका १ पुरुषकाे नाैतनवाकाे क्वारेन्टिनमा मृ’त्यु

पाेखरा,भारतको नौतनवास्थित क्वारेन्टिनमा बसेका स्याङ्जाकाे हरिनासका १ पुरुषकाे मृ’त्यु भएको छ। रोजगारीका लागि भारत गएका स्याङ्जा हरिनास गाउँपालिका २ मग्याम चिसापानीका ३२ वर्षीय पुरुषको शनिबार मृ’त्यु भएको भारत नौतनवाका ए’सडिएम जसधिर सिंहले बताए। हरिनास गाउँपालिकाका अध्यक्ष खीमनारायण मानन्धरले आफूहरुले पनि क्वारेन्टिनमा बसेका चिसापानीका एकजनाको मृ’त्यु भएको जानकारी पाएको बताए। ती युवक जेठ ५ गतेदेखि नौतनवास्थित राजीव गान्धी पिजी कलेजको क्वारेन्टिननमा बसेका थिए।

उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचार गरेर क्वारेन्टिनमा ल्याएपछि मृ’त्यु भएको बताइएको छ। हिँडेरै स्याङ्जा जाने प्रयासमा भारत अलिगढबाट रुपन्देहीको नाका बेलहिया आएका उनलाई नेपाल प्रवेश नदिएपछि नौतनवाको क्वारेन्टिनमा राखिएको थियो। क्वारेन्टिनमा रहेका उनको खुट्टा र अ’न्डकोष सु’न्निएको भारतीय अधिकारीहरुले बताएका छन्। नौ’तनवाको सो क्वारेन्टाइनमा १ सय ३९ जना नेपाली छन्।